बिहीबार, चैत १५, २०८०

राष्ट्र बैंकद्वारा पुनः १६ अर्ब ६३ करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०७९ मंसिर ११ गते १६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर १३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कूल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन १६ गते, २०८० जेठ १६ गते र २०८० मंसिर १२ गते तोकिएका छन् । यी ट्रेजरीहरुमा ९१ र एक सय ८२ दिने अवधिको ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको भएपनि तीन सय ६४ दिने अवधिको ट्रेजरी बिल भने नयाँ रहेको छ । यसअघि यही मंसिर एक गते पनि राष्ट्र बैकले १४ अर्ब ७० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया