मौसम सामान्यतया सफा रहने, चिसोबाट बच्न विभागकाे आग्रह

नेपालखोज २०७९ मंसिर १२ गते ६:२९

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यस्तै, आज राति प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी, विभागले तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया