दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा पुनः निर्वाचन
नेपालखोज
२०७९ मंसिर १२ गते ११:०८

काठमाडौं । दोलखामा रद्द भएका १० वटा मतदान केन्द्रको मतदान मङ्सिर १५ गते हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज (सोमबार) बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।
निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएकोमुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आजैदेखि निर्वाचनको तयारी थालिए छ ।’
सम्बन्धित
प्रतिक्रिया