शुक्रबार, असार ६, २०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ मंसिर १२ गते १०:४२

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको पनि १० रुपैयाँले घटेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया