शुक्रबार, असार २०, २०८२

चुनाव जित्नेहरु-७

नेपालखोज २०७९ मंसिर १२ गते १५:५९

फराकिलो मतान्तरमा कान्छाराम

रामेछापको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) ४७ हजार ९९ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका कैलाशप्रसाद ढुंगेल ३० हजार ७ सय ३० मतमा सिमित भएका थिए । उनिहरु बिच १६ हजार ३ सय ६९ को फराकिलो मतान्तर छ ।

हारे पुर्वप्रधानमन्त्रि

नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । खनाल इलाम – १ मा २ हजार ९ सय ५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् । खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए ।

अपराजित नेम्वाङ झिनो मतान्तरमा

इलाम – २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले १ सय १४ को झिनो मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका हुन । नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा खड्काले प्राप्त गरेको मत २९ हजार ९ सय ६ छ । नेम्वाङ ०५६ सालयता प्रतिनिधि सभामा यहि क्षेत्रबाट निरन्तर अपराजित छन् ।

एमाले र गठबन्धनलाई हराउँदै चौधरी

कैलाली – २ को प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् । चौधरीले २१ हजार ८ सय ७१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावल १६ हजार १ सय २८ मत मै खुम्चिए । चौधरी र रावलको मतान्तर ५ हजार ७ सय ४३ छ । कैलाली – २ मा नेकपा (माओवादी केन्द्र) का भगत बहादुर बडुवालले १५ हजार १ सय १६ मत प्राप्त गरे भने राप्रपाका भरतसिंह विसीले २ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् । १ लाख ४ हजार ९ सय ६ मतदाता रहेको यो क्षेत्रमा ६० हजार तीन सय ७४ मत खसेको थियो जसमा ३ हजार ६ सय ६४ मत बदर भए ।

विक्रम पाण्डे विजयी

२०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितेको चितवन क्षेत्र नम्बर – ३ मा राप्रपाका विक्रम पाण्डे विजयी भएका छन् । पाण्डेले आफ्ना निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई ९ हजारभन्दा बढी मतले जितेका हुन् । अन्तिम परिणामअनुसार पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८ सय २२ मत ल्याएका छन् । चितवन – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तेस्रो स्थानमा रहदै १४ हजार ८ सय ४२ मत ल्याएकी छन्।

घनश्याम भुसाल लाई हराउँदै छविलाल

रूपन्देही – १ बाट नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी भएका छन्। विश्वकर्मा रूपन्देहीको यो क्षेत्र बाट दोश्रो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । विश्वकर्माले २४ हजार ८ सय ७२ मत प्राप्त गर्दा सत्ता गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१ हजार ३ सय ८ मत प्राप्त गरेका छन् ।

जिते गोकुलले

काभ्रे-२ बाट नेकपा एमालेका गोकुल बाँस्कोटा ४५,३४५ मतका साथ निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे । हुमागाईंले ३९,५८२ मत प्राप्त गरेका छन । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १०,५८६ मत प्राप्त गरेका छन ।

सिराहा-४ मा जसपा

सिराहा-४ मा जसपाका वीरेन्द्रप्रसाद महतो विजयी भएका छन्। महतोले २४,१०२ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका वीरेन्द्रप्रसाद साह १६,२९४ मतमा सिमित भए । यसैगरी नेकपा (एकीकृत समाजवादी) का धर्मनाथ प्रसाद साह १४,६५३ मत जोडदै तेस्रो स्थानमा आएका छन ।

पुर्व प्रहरी प्रमुखले हराए पुर्व गृहराज्यमन्त्री लाई

नवलपरासी – २ (बर्दघाट सुस्ता पश्चिम) बाट राप्रपा उम्मेदवार ध्रुबबहादुर प्रधान प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। राप्रपाका प्रधानले ३४,९५९ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले १९ ,५९४ मत मात्र जोडन सके । यसैगरि उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्रकुमार अधिकारीले १४,४९८ मत ल्याएका छन्।

अनिल झा लाई हराईन जुलिले

धनुषा – ३ मा नेकपा एमालेकी जुली महतो विजयी भएकी छिन्। लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९,६६९ मतको अन्तरले पराजित गरेकी हुन्। जुलीले ३३,३५५ मत प्राप्त गरेकि छिन् भने अनिल झाले २३,६८६ मत ल्याएका छन्। समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुलीले पहिलो पटक प्रत्यक्ष निर्वाचन लडेकि हुन् जसमा उनले सफलतन हनत पारेकि छिन ।

सिकेका दाजु पराजित

सप्तरी-१ मा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह सुडी २३,५६४ मतका साथ विजयी भएका हुन्।सुडी मधेस प्रदेशका मन्त्री हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९,९९२ मत प्राप्त गरेका छन्। जयकान्त राउत जनमत पार्टी अध्यक्ष सिके राउतका दाजु हुन्।

गिरिराजमणि लाई हराए महतोले

महोत्तरी-१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् । महतो आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलाई १ हजार ३१ मतले उछिन्दै विजयी भएका हुन्। महोत्तरी-१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार ४ सय १ तथा पोखरेलले २३ हजार ३ सय ७० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया