बिहीबार, वैशाख १३, २०८१

यी हुन् विश्वका १० धनी फुटबल खेलाडी

नेपालखोज २०७९ मंसिर १२ गते १९:२०

काठमाडाैं । विश्वका शीर्ष १० धनी फुटबल खेलाडी जसको साताकै कमाई करोडमा छ ।

केभिन डे ब्रुइन – केभिन बेल्जियमका फुटबलर हुन् उनी म्यानचेस्टर सिटीका सुपरस्टार खेलाडी हुन् । केभिन य‍ो वर्षको इङ्लिस प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने दोस्रो खेलाडी हुन् । Sportrac को एक रिपोर्ट अनुसार केभिनको साप्ताहिक तलब ४, ५० , ००० डलर (लगभग ५.५० करोड रुपैयाँ) छ । केभिनले हरेक वर्ष करिब २९ मिलियन डलर कमाउँछन् ।

एन्ड्रेस इनिएस्टा – लामो समयदेखि स्पेनिस लिग टोली बार्सिलोना फुटबल क्लबसँग आवद्ध रहेका यी फुटबलरले हरेक वर्ष ३ करोड डलर कमाउँछन् । २२ वर्ष बार्सिलोना फुटबल क्लबमा रहेका एन्ड्रेस सन् २०१८ मा जापानी क्लब भिसेल कोबेमा आवद्ध भएका थिए । एन्ड्रेस फुटबल खेलाडी हुनुका साथै व्यापारी पनि हुन् । जापान टिभीका अनुसार उनले यो वर्ष सेप्टेम्बर २०२२ मा जापानमा स्पोर्ट्सवेयर ब्रान्ड क्यापिटेन लन्च गरेका छन् ।

इडेन हाजार्ड – केभिनजस्तै इडेन पनि बेल्जियमका फुटबल खेलाडी हुन् । एएस रिपोर्टका अनुसार, इडेनले हरेक साता ६,००,००० डलर कमाउँछन् । उनको वार्षिक कमाई ३१ मिलियन डलर (लगभग ४०० करोड रुपैयाँ) पुग्छ । बेलायती मिडियाहरुका अनुसार इडेन ११ दशमलव २ मिलियन डलर डेढ सय करोडको बंगलोमा बस्छन् । उनीसँग मर्सिडिज बेन्ज, अडी जस्ता प्रिमियम ब्रान्डका लक्जरी गाडीहरू पनि छन् ।

रोबर्ट लेवान्डोस्की – पोल्याण्डका यी फुटबल खेलाडीसँग ३५ मिलियन डलर ( ४५० करोड रुपैयाँभन्दा बढि) सम्पत्ति छ । उनी विश्वका उत्कृष्ट स्ट्राइकरमध्येका एक हुन् । फुटबल एस्पानाको रिपोर्टका अनुसार लेवान्डोस्कीले स्पेनिस क्लब बार्सिलोनाका लागि वार्षिक ५ करोड डलरको सम्झौता गरेका छन् । यसबाहेक रोबर्टले नाइक , हुवावे , हेड एण्ड शोल्डर्स जस्ता ब्रान्डहरूसँग विज्ञापन सम्झौता गरेका छन् । लेवान्डोस्की पनि व्यापारी हुन् । उनले हालै आफ्नो ब्रान्ड आरएल नाइन लन्च गरेका छन् ।

यसबाहेक उनको रेष्टुरेन्ट, क्याफेटेरियाआदिको पनि व्यापार छ । अ

र्लिंग हलेन्ड – यी नर्वेजियन फुटबल खेलाडी इंग्लिस प्रिमियर लिगकै सबैभन्दा महँगा खेलाडी हुन् । फोर्ब्सको रिपोर्ट अनुसार अर्लिङको साप्ताहिक कमाई १० लाख डलर (लगभग १३ करोड रुपैयाँ) छ । उनको तलब ४.१९ लाख डलर (करिब ५.४ करोड रुपैयाँ) छ । अर्लिङले हरेक वर्ष करिब ३९ मिलियन डलर (करिब करोड५ सय रुपैयाँ) कमाउँछन् ।

मोहम्मद सलाह – इङ्लिस क्लब लिभरपुलले हालै मोहम्मद सलाहसँगको सम्झौता नवीकरण गरेको छ । सीबीएस स्पोर्ट्स रिपोर्टका अनुसार सलाहलाई लिभरपुलबाट फुटबल खेले बापत तीन वर्षका लागि ६ करोड डलर (करिब ८०० करोड रुपैयाँ) दिइनेछ। यसबाहेक मोहम्मद सलाहले २०२० मा एडिडास ब्रान्डसँग सम्झौता गरेका छन्, जसका लागि उनले हरेक वर्ष २५ मिलियन डलर (लगभग २० करोड रुपैयाँ) पाइरहेका छन् । मोहम्मदले हरेक वर्ष ५३ मिलियन डलर (लगभग ८०० करोड रुपैयाँ) कमाउँछन् ।

नेयमार – नेयमार इंग्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा महँगा ट्रान्सफर फुटबलर हुन् । फोर्ब्सका अनुसार यी ब्राजिलियन फुटबल खेलाडीलाई २०१७ मा बार्सिलोनाबाट २६३ मिलियन डलरमा पेरिस सेन्ट जर्मेनमा ट्रान्सफर गरिएको थियो । नेयमारको वार्षिक आम्दानी करिब ८७ मिलियन डलर (लगभग ११०० करोड रुपैयाँ) छ । नेयमारले फ्रेन्चाइजी तथा ठूला ब्रान्डहरूबाट समेत कमाइगर्छन् ।

क्रिस्टियानो रोनाल्डो – विश्वका चर्चित फुटबलर मध्येका एक क्रिस्टियानो रोनाल्डोको वार्षिक आय १० करोड डलर छ । रोनाल्डो इंग्लिस प्रिमियर लिगको टिम म्यानचेस्टर युनाइटेडबाट खेल्छन् । उनको साप्ताहिक कमाई ५,७५,००० डलर अर्थात् करिब ८ करोड रुपैयाँ छ । रोनाल्डो फुटबलरसँगै व्यवसायी पनि हुन् । उनीसँग फेसन ब्रान्ड सिआर सेभेन का साथै होटल चेन, रेस्टुरेन्ट, फिटनेस क्लबहरू पनि छन् । यति मात्र होइन, उनले भाडामा निजी जेट पनि उपलब्ध गराउँछन् ।

लियोनेल मेस्सी – रोनाल्डोजस्तै मेस्सी पनि चर्चित फुटबल खेलाडी हुन् । मेस्सी गत वर्ष बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन क्लबमा ट्रान्सफर भएका थिए । उनको वार्षिक कमाई १२ करोड डलर (लगभग १६०० करोड रुपैयाँ) छ । मेस्सी फुटबल खेलाडी हुनुका साथै ठूला व्यापारी पनि हुन् । उनीसँग विश्वको सबैभन्दा महँगो कार छ । उक्त कारको मूल्य ३७ मिलियन डलर छ ।

केलियन एमबाप्पे – केलियन विश्वमा सबैभन्दा धेरै कमाउने फुटबलर हुन् । उनको वार्षिक कमाई १२८ मिलियन डलर (लगभग रु १७००करोड) छ । यी फुटबलरले कमाइको मामिलामा विश्वका चर्चित खेलाडी रोनाल्डो र मेस्सीलाई समेत पछाडि छोडेका छन् । एमबाप्पेले एक हप्तामा १७.७ मिलियन डलर कमाउँछन्। एमबाप्पेसँग ९ दशमलव ५ मिलियन डलरको घर छ । यसबाहेक एमबाप्पेको ग्यारेजमा मर्सिडिज बेन्ज तथा फेरारी कारहरू छन् ।

प्रतिक्रिया