देशभर मौसम सफा रहने, चिसोबाट बच्न सावधानी अपनाउन महाशाखाको अनुरोध
नेपालखोज
२०७९ मंसिर १३ गते ७:०७

काठमाडाैं । आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया