मंगलबार, वैशाख ११, २०८१

कस्ता हुन्छन् मेष राशिका मानिसहरु ?

नेपालखोज २०७९ मंसिर १३ गते ७:३०

काठमाडाैं । ज्योतिष शास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो विधि हो । जोतिषीहरु भन्छन् , जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसँग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन् ।

राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव , चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ । राशिमा आधारित भएर मानिसको प्रेम जिवन , शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भर पर्छ । यसैगरि राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाविक हो ।

मेष : मेष राशिका मानिसहरु साधारणतया क्रोधी एवं महत्वाकांक्षी हुन्छन । मेष राशिमा मङ्लको बिशेष प्रभाव हुन्छ त्यसैले मेषराशि हुनेहरु निकै अनि छिट्टै रिसाउने प्रकृतिका हुन्छन । यीनिहरु एकोहोरो पनि हुन्छन, सोचे पछी सोच्यो – सोच्यो र आँटे पछी गर्यो – गर्यो भन्ने खालका हुन्छन । यीनिहरु जती रिसाहा र काठोर हुन्छन त्यत्तिकै छिटो शान्त हुने र कोमल मन भएका पनि हुन्छन । यीनिहरु अनुशासनमा निकै ध्यान दिन्छन, सबैलाई आफु तल राखेर काम गर्न रुचाउँछन।

यीनिहरु कुनै कार्यमा लाभ प्राप्त भएन भने व सोचेजस्तो भएन भने उक्त कार्यलाई त्यत्तिकै छोड्न पनि तयार हुन्छन । मेष राशिका मानिसहरु निकै हतार गर्ने प्रबृत्तिका हुन्छन, कुनै पनि कार्य हतार मै गरिहाल्छन । यीनिहरुलाई पित्त र पेटसम्बन्धी समस्या हुनसक्छ । यीनिहरुले जती पानी पिउन सक्यो त्यती फाईदा हुन्छ। यीनिहरु कुनै पनि कार्य गर्दा हतारमा बिचारै नपुराइ गरिदिन्छन । नातागोतामा सुमधुर सम्बन्ध कायम राख्न यस्ता मानिसले आफ्नो वाणी र व्यवहारमा विनम्रता ल्याउनु पर्छ । यो राशि हुनेहरु योजना बनाउन रुचाउँछन् , नेतृत्वमा चासो राख्छन् तर कसैको निर्देशनमा काम गर्न चाहदैनन् ।

मेष राशिका ब्यक्तिहरुको मन सफा हुन्छ । जस्तै कुरा भए पनि भन्नु पर्ने कुरा अगाडि नै भन्छन् । यीनिहरुलाई अरुले अर्ती उपदेस दिएको र आफ्नो कार्यमा अरुले हस्तछेप गरेको मन पर्दैन । यीनिहरु आफ्नै सोच र आफ्नै तरिकाले अघी बढ्ने खालका हुन्छन । मेष राशीलाई सेना, पुलिस, गुप्तचर, ठेकेदारी, ज्योतिष, तन्त्र – मन्त्र , जादु , पौडि , चिकित्सा आदि क्षेत्रमा रुची हुनसक्छ र यीनै बिषयमा लागि परे यीनिहरु सफल पनि हुन्छन ।

शुभबार : मंगलवार र बिहीबार ।
घातक बार : आइतवार ।
शुभ रत्न : मुगा, पुष्पराज र मणिक
मित्र राशी : कर्कट, बृश्चिक , धनु र मिन ।
शत्रु राशि : तुला , मकर तथा कुम्भ ।

प्रतिक्रिया