केही ठाउँमा धाँदली देख्यो एमालेले
नेपालखोज
२०७९ मंसिर १३ गते ८:१५

काठमाडौं । नेकपा एमालेले मतदान, मतगणना र प्रमाणपत्र दिने सन्दर्भमा सरकार तथा निर्वाचन अधिकृतहरुबाट अनियमितता भएको भन्दै निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलले सोमवार आयोगलाई बुझाएको ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा,बाजुरा तथा स्याङजामा बुथ कब्जा भएको भन्दै सबै ठाउँमा पुनः मतदान गराउन माग गरिएको छ ।
त्यस्तै एमालेले मन्त्रीहरु चुनाव हार्ने भएपछि उदयपुर – १ र सुनसरी-४ मा मतगणनामा अवरोध गरिएको तथा धनुषा-२ मा सदर हुनुपर्ने मत बदर गरिएकाले पुनः गणना गर्न माग गरेको छ ।
एमालेले निर्वाचन आयोगलाई दिएको ध्यानाकर्षण पत्र :


सम्बन्धित

प्रतिक्रिया