शुक्रबार, वैशाख १४, २०८१

सरकारमा जाने कुरामा के भने रवि लामिछानेले ?

नेपालखोज २०७९ मंसिर १३ गते ८:१९

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको पूर्ण नतिजा आएपछि सरकारमा सहभागिता हुने- नहुने कुराको निर्णय लिने कुरा बताएका छन ।

सभापति लामिछानेले आफूहरूले केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुगिने बताएका छन् । ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौँ। निर्वाचनको पूर्ण नतिजा आए पछि निर्णयमा पुग्छौँ’, सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन । उनले पार्टीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का रहेको भन्दै सबैसँग धैर्य गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया