बिहीबार, वैशाख १३, २०८१

बागमती करिडोरका सुकुम्बासीले घेरे काठमाडाैँ महानगरपालिका

नेपालखोज २०७९ मंसिर १३ गते १२:१२

काठमाडौं । काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती हटाउन पुगेपछि बागमती करिडोरमा रहेको सुकुमबासीले काठमाडाैं महानगरपालिकामा नाराबाजी गरेका छन् ।

अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि स्थानीय आक्रोशित भएका हुन् ।

आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए ।

हिजाे डोजर लिएर बस्ती हटाउन पुगेपछि बागमती करिडोरमा रहेको सुकुमबासी बस्तीमा झडप भएको थियाे । महानगरको टोलीविरुद्ध बस्तीमा रहेकाहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका थिए ।

नेपाल प्रहरी र महानगर प्रहरी आएसँगै उनीहरुले टहराबाट सामान निकालेका थिए। सुत्केरी र किरिया बसेकाहरूलाई पनि बाहिर निस्किएका थिए। बस्तीमा रहेकाहरूले टायर बालेर प्रदर्शन गर्नुका साथै महानगरको टोलीमाथि ढुंगामुढा गरेका थिए ।

प्रतिक्रिया