आहा रारा गोल्डकपको नाम फेरियो
नेपालखोज
२०७९ मंसिर १३ गते १४:१५

पोखरा । मोफसल प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप अब २२ औं संस्करण देखि पोखरा गोल्डकपका रुपमा खेलाइने भएको छ ।

आयोजक सहारा क्लब पोखरा तथा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नयाँ सम्झौतामा हस्ताक्षर गर्दै गोल्डकपको नाम फेर्ने सहमति जनाएका छन् । यो प्रतियोगिताको आगामी संस्करण यहि डिसेम्बर महिनामा संचालन हुँदैछ ।

यहि संस्करण देखि प्रतियोगिताको नाम आहा रारा पोखरा गोल्डकप रहनेछ । सहारा र हिमश्रीले २०८९ साल सम्म प्रतियोगिता सञ्चालनका लागि लागि कुल २७ लाख रुपैयाँ सहयोग गर्ने पत्रमा आज मंगलबार हस्ताक्षर समेत गरेका छन् ।

सम्बन्धित

प्रतिक्रिया