ग्वाङझाउ-काठमाडौं उडान प्रारम्भ
नेपालखोज
२०७९ मंसिर १३ गते १५:४७

काठमाडौं । चाइना साउथर्न एयरलाइन्सले आज (मंगलबार) देखि आफ्नो नेपाल उडान पुन: प्रारम्भ गरेको छ। एयरलाइन्सले ग्वाङझाउ-काठमाडौं-ग्वाङझाउ उडान फेरि सुचारु गरेको हो। एयरलाइन्सले अब हरेक मंगलबार सातामा एक उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
कोरोना माहामारीमा उक्त एयरलाइन्सले नेपाल सँगको आफ्नो नियमित उडान बन्द गरेको थियो। चीन सरकारले कोरोनासम्बन्धी मापदण्ड केही खुकुलो पारेसँगै उक्त एयरलाइन्सले पुन: उडान प्रारम्भ गरेको हो। हाल एयर चाइना तथा हिमालय एयरलाइन्सले नेपाल-चीन-नेपाल उडान संचालन गरिरहेका छन्।
सम्बन्धित

प्रतिक्रिया