नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर

नेपालखोज २०७९ मंसिर १३ गते १९:१८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरको जाने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंक सञ्चालक समितीको मंगलबार बसेको बैठकले मर्जर सम्बन्धी अन्तिम सम्झौंतापत्रमा हस्ताक्षर गरेको हो ।

मर्जरका लागि १००ः९० स्वा्प रेसियो कायम गर्ने सहमती भएको छ । जस अनुसार मेगा बैंकमा एक सय कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकमा ९० कित्ता मात्र सेयर पाउने छन् । यस अघि दुवै बैंकले गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक सम्झौंता पत्रमा हस्ताक्षर गरेका थिए ।

सो पश्चात राष्ट्र बैंकले २०७९ असार २२ गते दुवै बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको थियो । मर्जर पश्चात बन्ने बैंकको नाम ’नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने र बैंकको अध्यक्ष पदमा नेपाल इन्भेष्टमेन्टका हालका अध्यक्ष पृथ्वीबहादुर पाँडे नै रहने बिषयमा पनि दुवै बैंकले सहमती गरेका छन् ।

प्रतिक्रिया