शनिबार, जेठ ५, २०८१

कालिञ्चोक दर्शनको आईपीओ बिक्री खुला

नेपालखोज २०७९ मंसिर १४ गते ६:५६

काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले आज अर्थात मंसिर १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हो ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ भने जारी पुँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणकोलागि निष्काशन गर्दैछ । जुन निष्काशनको १० प्रतिशत हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

वैदेशिक रोजगारमा रहेकाहरुले मंसिर २८ गतेभित्र कम्पनीको आईपीओका लागि आवेदन दिनुपर्नेछ । स्थानिय बासिन्दाहरुले पनि सो दिनसम्ममा आवेदन दिनुपर्नेछ । यद्यपि, पूर्ण आवेदन नपरेमा भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ ।

प्रतिक्रिया