शनिबार, वैशाख २२, २०८१

डिसेम्बरमा जन्मिएका मानिसहरूको स्वभाव !

नेपालखोज २०७९ मंसिर १४ गते ११:००

मानिसको जन्म महिनाबाट पनि उसका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । ज्योतिषशास्त्र अनुसार हरेक महिना विशेष व्यक्तित्व भएका व्यक्तिको जन्म हुन्छ । यही कारणले एउटै महिनामा जन्मिएका विभिन्न व्यक्तिको स्वभाव र आचरण धेरै हदसम्म समान हुन्छ ।

आउनुहोस् डिसेम्बर महिनामा जन्मिएका व्यक्तिको भविष्यका बारेमा जानौं ।

सामान्यतया डिसेम्बर महिनामा सूर्य र मंगललाई बलवान् मानिन्छ। यस्तो अवस्थामा यो महिनामा जन्मिएका मानिसलाई पनि यी दुई ग्रहले धेरै हदसम्म असर गर्छ । यस्ता व्यक्तिहरु निकै महत्वाकांक्षी स्वभावका हुन सक्छन् । चर्को घामका कारण यस्ता व्यक्तिमा फरक आकर्षण हुन्छ जसका कारण मानिसहरु उनीहरुप्रति आकर्षित हुन्छन् । यिनिहरु अहंकारी पनि हुन सक्छन्। डिसेम्बर महिनामा जन्मिएका मानिसहरु वाकशक्तिमा निकै तेज हुन्छन् । आफ्नो बोलीले शत्रुलाई पनि मित्र बनाउँछन्। उनीहरुको दिमाग तेजिलो हुन्छ र दयालु हृदयका हुन्छन् ।

उनीहरू अरूमाथि हिंसा भएको देख्न सक्दैनन् । करियर यस्तो हुनेछ ? : यो महिना जन्मिएका व्यक्तिहरू स्वभावले दार्शनिक र गहिरो अध्ययन गर्ने स्वभावका हुन्छन् । उनीहरूले आफ्ना लागि यस्तो करियर खोज्छन् जहाँ मस्तिष्कको काम हुन्छ। शारीरिक श्रम समावेश हुने काम यिनीहरूका लागि धेरै गाह्रो मानिन्छ र यिनीहरू यस्तो कामबाट टाढै रहने प्रयास गर्छन् ।

स्वास्थ्य कस्तो रहनेछ ?

डिसेम्बर महिनामा जन्मिएका मानिस आफ्नो स्वास्थ्यप्रति निकै सचेत हुन्छन् तर, अत्याधिक मानसिक काम वा अनावश्यक चिन्ताका कारण उनीहरु तनावको सिकार हुन सक्छन् । सानातिना मौसमी रोगहरु बाहेक उनीहरुको स्वास्थ्य प्रायः राम्रो रहन्छ । यो महिनामा जन्मिएका व्यक्तिले अपनाउनुपर्ने उपाय

• डिसेम्बर महिनामा जन्मिएका व्यक्तिहरूले आइतबार वा मंगलबार व्रत बस्नुपर्छ । बिहान नुहाएर सूर्यदेवलाई अर्घ्य दिए करियरमा वान्छित फल प्राप्त हुन्छ ।

• आफ्नो क्रोध र अहंकारलाई नियन्त्रणमा राख्नुपर्छ । यदि यसो हुनसकेन भने धेरै राम्रा अवसरहरू छुटन सक्छन् ।

• स्वभावले दयालु हुनाले सम्भव भएसम्म अरूलाई मद्दत गर्छन्, तर त्यसो गर्दा कहिलेकाहीँ आफैलाई हानि हुन सक्छ । त्यसैले आफ्नो सीमाभित्र रहेर अरूलाई मद्दत गर्नुपर्छ ।

प्रतिक्रिया