बिहीबार, वैशाख ६, २०८१

डिसेम्बरको मुभि क्यालेन्डर : १६ चलचित्र बिच घमासान

नेपालखोज २०७९ मंसिर १४ गते १२:०३

यो डिसेसम्बर महीनामा हलीउड मुभि अवतार – २ तथा बलिउडका हिट निर्देशक रोहित शेट्टीको सर्कस प्रदर्शनमा आउँदैछन । त्यसका अतिरिक्त अरु पनि चलचित्र छन जसले दर्शकहरुको मन जित्न सक्छन् ।

२ डिसेम्बरमा रिलीज हुने फिल्म

युष्मान खुराना को ‘ एन एक्शन हीरो ‘ सिनेमाघरहरुमा रिलीज हुनेछ । आयुष्मान यो चलचित्रमा एउटा अलग भुमिकामा देखा पर्दैछन् । यद्यपि यो चलचित्रको ट्रेलरले खासै उत्सुकता जगाउन सकेको छैन तर आयुष्मान खुराना यस्तो नाम हो जसबाट सधैं अलग किसिमको उत्कृष्ट चलचित्रको अपेक्षा गरिन्छ । यसैगरि मधुर भण्डारकरको ‘ इण्डीया लकडाउन ‘ जी फाईभ मा रिलीज हुँदैछ भने कार्तिक आर्यनको ‘ फ्रेडी ‘ पनि ओटीटी मै आउँदैछ । फ्रेडी डिज्नी प्लस हट स्टारमा हेर्न पाइन्छ ।

९ डिसेम्बरमा रिलीज हुने फिल्म

९ डिसेम्बरमा विभिन्न बिधाका अलग – अलग चलचित्र प्रदर्शनमा आउने छन । ९ डिसेम्बरमा प्रदर्शन हुने कुनै पनि चलचित्रमा सुपरस्टार नभएकाले बक्स अफिसको दृष्टिले कसैले पनि शानदार ओपनिङ पाउने छैनन् । फिल्म ‘ सलाम वेंकी ‘ मा काजोलले काम गरेकि छिन र यो आमा – छोराको सम्बन्धमा बनेको इमोशनल चलचित्र हो । तापसी पन्नु को फिल्म ब्लर जी फाइभमा रिलीज हुनेछ भने तुषार कपूर तथा नसीरुद्दीन शाहको थ्रिलर मुभि ‘ मारिच ‘ सिनेमाघरहरुमा हेर्न पाइनेछ । त्यसका अतिरिक्त संजय मिश्र तथा नीना गुप्ता को ‘ वध ‘, ‘ डेन्जरस इश्क ‘, ज्याकी श्राफको ‘ लाइफ इज़ गुड ‘ , SHADOW ASSASSINS तथा विजयानन्द (डब) पनि ९ डिसेम्बरमै रिलीज हुँदैछन ।

१६ डिसेम्बरमा रिलीज हुने फिल्म

भारतमा समेत हलीउड फिल्मको कति दबदबा छ भने ‘अवतार : द वे अफ वाटर ‘ प्रदर्शनमा आउने दिन कुनै पनि हिन्दि फिल्म रिलीज हुन गैरहेका छैनन् । ‘अवतार : द वे अफ वाटर ‘ ले आम्दानिको मामिलामा नयाँ कीर्तिमान बनाउन सक्छ र यो फिल्मको ओपिनिङ पनि शानदार रहनेछ । यहि दिन विक्की कौशल, भुमि पेडणेकर तथा कियारा आडवाणी द्दारा अभिनीत फिल्म ‘ गोविन्दा नाम मेरा ‘ डिज्नी प्लस हटस्टारमा प्रीमियर गरिदैछ ।

२३ डिसेम्बरमा रिलीज हुने फिल्म

२३ डिसेम्बरमा रोहित शेट्टीको ‘ सर्कस ‘ प्रदर्शनमा आउँदैछ जसमा रणवीर सिंह , पूजा हेगडे तथा ज्याकलीन फर्नाडिसले मुख्य भुमिका निर्वाह गरेका छन । यो फिल्म बाट बलीउडले ठुलो अपेक्षा गरेको छ । यसै गरि फिल्म ‘अनोखी’ तथा ‘बिग धमाका’ (डब) पनि २३ डिसेम्बरमै रिलीज हुनेछन ।
३० डिसेम्बर वर्ष २०२२ को अन्तिम शुक्रवार भए पनि अहिलेसम्म यो दिन कुनै फिल्म सार्वजनिक हुने घोषणा गरिएको छैन् ।

प्रतिक्रिया