आइतबार, जेठ ६, २०८१

पूर्वमिस नेपाल सुवेक्षाले गरिन् इन्गेजमेन्ट

नेपालखोज २०७९ माघ ६ गते १४:३४

काठमाण्डौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सुवेक्षा खड्काले इन्गेजमेन्ट गरेकी छन् ।

बिहीबार काठमाडौंको एक होटलमा उनीहरूले परिवार र नजिकका साथीको उपस्थितिमा प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, अभिनेत्री सन्ध्या केसीलगायत उपस्थित थिए । केही समयअघि आश्वासनले चितवनमा सुवेक्षालाई औंठी लगाउँदै विवाहको प्रस्ताव राखेका थिए । उनीहरू यसैवर्ष विवाह गर्ने योजनामा छन् ।

सुवेक्षाले ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनको आगामी फिल्म ‘प्रेमा’ चैत्र ४ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया