आइतबार, जेठ ६, २०८१

फुटबल टिमको मूल्य कतिपय देशको जीडीपी बराबर

नेपालखोज २०७९ मंसिर १४ गते १३:२२

फुटबल टिमको मूल्य कतिपय देशको जीडीपी बराबर विश्वभरका फुटबलप्रेमीहरु फिफा विश्वकपको उन्मादमा छन् । कतारले कप आयोजना गर्न ठूलो रकम खर्च गरेको छ भने सहभागी देशहरुको खर्च पनि कम छैन । धेरै देशको फुटबल टिमको बजार मूल्य कतिपय देशको जीडीपी बराबर छ।

फिफा विश्वकप २०२२ को उपाधि जित्नका लागि विभिन्न देश कतारमा जम्मा भएका छन्। रोनाल्डो कुनै देशसँग छन्, नेयमार कुनै देशको टिममा छन् भने नेयमार अर्कै देशको प्रतिनिधित्व गर्दैछन् । उनिहरुले प्रतिनिधित्व गर्ने देशको फ्यान फलोइङ बढ्नुको प्रमुख कारण यिनै स्टार खेलाडी हुन् । तर विभिन्न टिमका सबै खेलाडीको बजार मूल्य जोड्दा पोर्चुगल, अर्जेन्टिना र ब्राजिललाई पछाडि छोडदै इंग्ल्याण्ड सबैभन्दा महँगो टिम बनेको छ ।

थ्री लायन्स का रुपमा चिनिने इंग्ल्यान्डको फुटबल टिमले गत विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो र यसपटक पनि उ विश्वकपक‍ो प्रमुख दावेदारका रुपमा मैदान उत्रिएको छ । एक रिपोर्ट अनुसार ह्यारी केनको यो बेलायती फुटबल टिमको बजार मूल्य १ दशमलव २६ बिलियन युरो छ । यो संख्या ग्रेनाडा जस्ता साना देशको जीडीपी बराबर हो।

हेरौं विभिन्न देसका फुटबल टिमको बजार मूल्य (मिलियन यूरो) मा

• इङ्गल्याण्ड – १२६० मिलियन यूरो

• ब्राजिल – ११४० मिलियन यूरो

• फ्रान्स – १००० मिलियन यूरो

• पोर्चुगल – ९३७ मिलियन यूरो

• स्पेन – ९०२ मिलियन यूरो

• जर्मनी – ८८६ मिलियन यूरो

• अर्जेन्टिना – ६३३ मिलियन यूरो

• नेदरल्याण्ड्स – ५८७ मिलियन यूरो

• बेल्जियम – ५६३ मिलियन यूरो

• उरुग्वे – ४५० मिलियन यूरो ।

नेपाल राष्ट्र बैंककाअनुसार आज एक युरोको खरिददर १३५ रुपैयाँ ३१ पैसा तथा बिक्रीदर १३५ रुपैयाँ ९४ छ ।

प्रतिक्रिया