शनिबार, वैशाख २९, २०८१

पाेखराकाे भीमसेन मन्दिरको कथा !

सुनील उलक २०७८ कार्तिक १६ गते १५:१६

काठमाडाैं । सुनिल उलक २०२३ सालको लक्ष्मी पूजाको दिन पोखरेलीले पहिलोपटक बिजुली बत्ती बाल्न पाएका थिए । त्यसको दुई वर्षपछि पक्की सडक बन्न थालेको थियो ।

एसपीआर (सुनौली पोखरा राजमार्ग)को सुरुवात भएपछि तिनै ठेकेदारलाई नै पोखराको सडकको पनि जिम्मा दिइएको थियो । वि.सं. २०२५ माघ २७ गते (१९६९ फेब्रुवरी ९) मा डेनमार्कको राजकुमारी मार्गरेथ आफ्ना पति प्रिन्स हेनरिकको साथ पोखरा आइपुग्ने तय भएपछि पोखराका सडक पिच गर्न थालिएको थियो ।

सम्पूर्ण सडकको जिम्मा दिनु अगाडि नमुनाको लागि सडक बनाउन अनुरोध गर्दा तेर्सापट्टीमा १०० मिटर सडक बनाएपछि बल्ल सडक निर्माणको जिम्मा दिइएको थियो ।

तस्बिरमा भीमसेन मन्दिर तथा त्यसै क्षेत्रमा बन्ने तैयारी गर्दै गरेको सडकको अवस्था हो । अठारौं शताब्दीमा प्यागोडा शैलीमा निर्माण भएको यस मन्दिर पुरातात्त्विक दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण मन्दिर हो ।

पोखराको सबैभन्दा पुरानो विन्द्यावासिनीको मन्दिर भने शिखर शैलीमा बनेको छ । झन्डै २५० वर्ष पुरानो यस ऐतिहासिक भीमसेन मन्दिरलाई रातमा पनि आकर्षक बनाउन आधुनिक बत्ती प्रणालीले सुसज्जित गरेको थिए ।

भीद्य नामले हामी बुझ्न सक्छौ असल देवता । उहिले नेवा:हरुले आफू जहाँ पनि पुग्थे त्यहाँ भिद्यको मन्दिर बनाउँथे । जसले राम्रो कर्म गर्दथे उनलाई राम्रो हुने विश्वास हुन्थ्यो ।

त्यसैले नेपालमा भएका अधिकांश भीद्यका मन्दिरहरु एउटै ब्यक्तिले बनाइदिन्थे । पोखराको भीद्यको मन्दिर जिताराम नेवाले बनाइदिएका थिए ।

साथै उनका भाइ जानकीराम पनि सहयोगी थिए । यी दुवै दाजुभाइ यस क्षेत्रका ठूला सुब्बा थिए । अर्थात् खानी तथा अन्य कामका मुख्य ठेकेदार ।

त्यस्तै भक्तपुरमा रहेको भीद्यको मन्दिर हाम्रो पुर्खाले बनाइदिएका थिए । भोटको ब्यापार तथा नेपालमा काठको ब्यापार गर्ने हाम्रो पूर्वजले भक्तपुरको पचपन्न झ्याले दरवार तथा दतात्रेय मन्दिर बनाउन काठ आपूर्ति गरेका थिए । यसरी मनग्गे आम्दानी भएपछि भीद्यको मन्दिर बनाइदिएका थिएँ ।

उलककाे फेसबुकबाट

प्रतिक्रिया