शुक्रबार, चैत १६, २०८०

भारतमा बढ्दैछ कारको दाम, टाटाले बढायो नेक्सोनको मूल्य

नेपालखोज २०७९ मंसिर १४ गते १३:३६

यदि तपाइँ टाटाको एसयूभी किन्ने योजनामा ​​हुनुहुन्छ भने तपाइँका लागि यो राम्रो खबर होइन । टाटा मोटर्सले देशमा सबैभन्दा बढी बिक्री हुने सब-कम्प्याक्ट एसयूभी टाटा नेक्सोनको मूल्य बढाएको छ।

अब मूल्यवृद्धि पछि, यो एसयूभी भारतमा ७.६९ लाख रुपैयाँदेखि १४.१७ लाख रुपैयाँको दायरामा उपलब्ध हुनेछ। नेक्सोनको पेट्रोल भेरियन्टको मूल्य अहिले (मुल्य वृद्धि अघि ) ७.६९ लाख देखि १२.८७ लाख रुपैयाँ तथा डिजेल मोडेलको मूल्य ९.९९ लाख रुपैयाँदेखि १४.१७ लाख रुपैयाँको बीचमा थियो । यी सबै मूल्यहरू एक्स-शोरूम मुल्य हुन्। गाडीको अन-रोड मूल्य अझ बढी हुन्छ । यो मूल्य भारतिय रुपैयाँमा हो र यसमा नेपाल भित्राउँदा लाग्ने सरकारि दस्तुर आदि समाबेश छैन् ।

टाटा मोटर्सले नेक्सोनको मुल्य बढाए पछि अन्य कार कम्पनीहरुले पनि मुल्य बढाउने भएका छन । सन् २०२२ सकिन अब एक महिना मात्र बाँकी छ । यो एक महिनाको अवधिमा कार कम्पनीहरू धेरै भन्दा धेरै कार बेच्न चाहन्छन् । भारतिय मिडियाहरुका अनुसार गत अक्टोबरमा कारको बम्पर बिक्री भएको थियो । उक्त अवधिमा मारुतीको लोकप्रिय ह्याचब्याक कार अल्टोका २१,२६० इकाइ बिक्री भएका थिए । यो कारको प्रारम्भिक एक्स शोरुम मूल्य ३.३९ लाख भारतिय रुपैयाँ छ ।

मारुतीको दोस्रो लोकप्रिय कार वेगनआर ( WagonR ) ले पनि अक्टोबर २०२२ मा १७,९४५ इकाइ बेचेको थियो । यो कारको प्रारम्भिक एक्स-शोरूम मूल्य ५.४५ लाख भारतिय रुपैयाँ छ। मारुती सुजुकीको ह्याचब्याक कार स्विफ्ट पनि पछिल्लो महिनामा धेरै बिक्री भएको छ । अक्टोबर २०२२ मा यो कार १७,२३१ जनाले किनेका थिए। मारुती सुजुकीको बलेनो अक्टोबर २०२२ मा १७,१४९ जनाले किनेका थिए । टाटाको एसयूभी नेक्सोन पनि धेरै बिक्री हुने कार हो । यो कारलाई मानिसहरुले निकै रुचाइरहेका छन् । गत महिना अर्थात अक्टोबर २०२२ मा यो एसयूभीको १३,७६७ युनिट बिक्री भएको छ ।

कम्पनीले आगामी दिनमा आफ्नो बिक्री थप बढाउने अपेक्षा गरिएको छ । वर्ष २०२३ का लागि कार कम्पनीहरूको तयारी पनि अलग छ । वर्ष २०२२ मा ईभी कारको बिक्री पनि धेरै भएको छ । ईभीको बिक्रीमा पनि निरन्तर वृद्धि भइरहेको छ । कार कम्पनीहरूले सन् २०२२ मा इभी ( EV ) कारका धेरै नयाँ मोडलहरू लन्च गरेका छन्। ईभी कारको दायरा बढ्दै गएपछि त्यसको माग समेत बढ्दै गएको छ । कार विज्ञहरूका अनुसार सन् २०२३ मा कार कम्पनीहरूले ईभीका धेरै नयाँ मोडलहरू बजारमा ल्याउने तयारी गरिरहेका छन् र भनिन्छ – भारतिय कार कम्पनीहरूको ध्यान ईभीको मुल्य घटाएर बिक्री बढाउने कुरामा केन्द्रित छ ।

प्रतिक्रिया