बैतडीमा एक युवतीको शव, एक घाइते

नेपालखोज २०७९ मंसिर १४ गते १८:११
प्रतीकात्मक तस्बिर

बैतडी । बैतडीमा एक युवतीको घाँटी रेटी हत्या भएको छ । पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीया छोरी माया लुहारको घाँटी रेटेको अवस्थामा शव फेला परेको हो ।

त्यस्तै सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिएका छन् ।  घाइते अवस्थामा भेटिएकी नेहालाई उपचारका लागि धनगढी लगिएको छ ।

प्रतिक्रिया