भोलिदेखि कमेडि यात्रा
नेपालखोज
२०७९ मंसिर १४ गते १९:४५

काठमाडाैं । गोल्डेन ओक कमेडी भोलि मङ्सिर १५ गतेदेखि पुन संचालनमा आउँदैछ । यो कार्यक्रम १५ गते गाइघाटबाट सुरु भइ १६ गते मलंगवा, १७ गते वीरगञ्ज, १८ गते चन्द्रपुर, १९ गते टाँडी तथा २० गते नारायणगढमा प्रस्तुत हुँदैछ ।
यो कमेडी यात्रामा जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की तथा शिव शंकर रिजालले मनोरञ्जक प्रस्तुतीहरु दिनेछन् । यो कार्यक्रमको पहिलो चरण साउन महिनामा बिर्तामोड, दमक, इटहरी, विराटनगर तथा धरानमा सफलतापूर्वक सम्पन्न भइसकेकोछ ।
सम्बन्धित
प्रतिक्रिया