शुक्रबार, जेठ ३, २०८२

निधि र राउतबीच के कुराकानी भयो ?

नेपालखोज २०७९ मंसिर १४ गते २१:२६

काठमाडाैं । कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधि तथा जनमत पार्टीका अध्यक्ष सिके राउतबीच बुधबार दिउँसो भएको करिब एक घण्टा लामो छलफल भएको छ । निधिनिवास नयाँ बानेश्वरमा सम्पन्न उक्त भेटघाटमा मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइन्छ ।

भेटमा हालै सम्पन्न निर्वाचन तथा नयाँ सरकार गठनलगायतका विषयमा पनि कुराकानी भएको थियो । उक्त अबसरमा निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाईसमेत दिएका थिए । निधिसँगको भेटमा राउतले आफ्ना बारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका थिए । 

भेटमा निधिले राउतलाई कांग्रेस र सत्तागठबन्धनमा सहभागी हुन प्रस्ताव गरेको तथा राउतले त्यसमा सहमति जनाउँदै संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू सकारात्मक भएको जवाफ दिएका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै नवनिर्वाचित सांसद राउतक‍ो जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।

प्रतिक्रिया