बैंकको ब्याज तिर्न नसक्दा सिरहामा व्यापारीले गरे आत्महत्या

सिरहा । बैंकको चर्को ब्याज तिर्न नसक्दा सिरहा , गोलबजारका एक व्यापारीले आत्महत्या गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उनको आत्महत्याको पुष्ठि गरेका छन् ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर – ४ स्थित राजदेबी इन्टरप्राइजेजका संचालक पप्पु महासेठले चर्को ब्याजदर तथा आर्थिक संकटको दबाब झेल्न नसकेका कारण आत्महत्या गरेको उद्योग ब्यापार संघ गोलबजारका महासचिब राकेश गुप्ताले बताएका छन् ।
महासचिव गुप्ताका अनुसार महासेठको निधनमा शाोक मनाउन बुधबार गोलबजारका सम्पूर्ण ब्यापारीले पसल बन्द गरिएको छ । बैंकको ब्याजदर दोब्बर भएको र बैंकबाट लगातार प्रेसर आएका कारण कारण महासेठले आत्महत्या गरेको गुप्ताले दावी गरे ।
१० वर्षदेखि ब्यापारमा सम्ल्ग्न महासेठ गोलबजारको ठूलै व्यापारी मानिन्थे । गोलबजारमा उनको टायल्स तथा मार्बलको पसल थियो । स्वर्गीय महासेठका एक छोरा र एक छोरी छन् । तस्बिर सौजन्य : नेत्र दैनिक

प्रतिक्रिया