शुक्रबार, चैत १६, २०८०

विश्वकप: को बढे अगाडि, कसको यात्रामा लाग्यो बिराम ?

नेपालखोज २०७९ मंसिर १५ गते १०:२८

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा हालसम्म छनोट भएका टिममा नेदरल्यान्ड्स, सेनेगल, इंग्ल्याण्ड , अमेरिका , अर्जेन्टिना , पोल्याण्ड , अष्ट्रेलिया, फ्रान्स, ब्राजिल, स्वीट्जरल्याण्ड , पोर्चुगल तथा घाना छन् ।

यो विश्वकपको यात्रामा बिराम लागेका देस हुन् – आयोजक कतार, इक्वेडर , इरान , वेल्स , मेक्सिको , साउदी अरेबिया , डेनमार्क , ट्युनिसिया , क्यामरुन , सर्बिया , क्यानाडा , दक्षिण कोरिया र उरुग्वे ।

समूह ए : यो समुहबाट नेदरल्यान्ड्स प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेनेगल यो समूहबाट अन्तिम १६ मा पुग्ने दोस्रो देस हो। कतार र इक्वेडरले यो चरण पार गर्न सकेनन् ।

समूह – बी : समूह बी बाट इंग्ल्याण्ड र अमेरिका प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इरानले एक खेल जितेर आशा देखाएको थियो तर समूहको अन्तिम खेलमा अमेरिकासँग पराजित भएपछि उसको यात्रा टुंगीयो । यसैगरी वेल्सले पनि यहि चरणमा आफ्नो यात्रा टुंगाएको छ।

समूह-सी : समूह सी को छनोट निकै रोचक अनि प्रतिस्पर्धात्मक रहयो । अर्जेन्टिना र पोल्याण्ड यो समुहको नम्बर एक र दुईमा छन्। यो समुहबाट साउदी अरेबिया र मेक्सिको अगाडि बढन सकेनन् ।

समूह-डी : डिफेन्डिङ च्याम्पियन फ्रान्स समूह डी बाट यसअघि नै अन्तिम १६ मा पुगिसकेको थियो । अष्ट्रेलिया यो समुहको दोस्रो स्थानमा छ । डेनमार्क तथा ट्युनिसियाले आफ्नो विश्वकप – २०२२ को यात्रामा यहि विश्राम लगाएका छन । समूह-ई : सबैभन्दा रोचक अवस्था समूह ईको छ । यस समूहमा पूर्व च्याम्पियन जर्मनी आफ्नो पहिलो खेल जापानसँग पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । स्पेन र जर्मनीबीचको खेल बराबरीमा सकिएको छ । जर्मनीको खातामा एक अंक मात्र छ ।जापान र कोस्टारिकाको तीन–तीन अंक छ । अब जर्मनीले कोस्टारिकासँग खेल्नेछ । आफ्नो अन्तिम खेलमा जापानले स्पेनको सामना गर्नेछ । जर्मनी आफ्नो अन्तिम खेल जिते र जापान स्पेनसँग हारे मात्र छनोट हुनेछ ।

समूह- एफ : यो समूहको अवस्था पनि अझै स्पष्ट हुन सकेको छैन। क्रोएसिया र मोरक्को चार–चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । यदि क्रोएसियाले बेल्जियमलाई हराए सजिलै अर्को चरणमा प्रवेश गर्नेछ । मोरक्कोले आफ्नो अन्तिम खेल जित्यो वा बराबरी गर्यो भने उसले उत्कृष्ट १६ मा स्थान बनाउनेछ । यस बाहेक अन्य धेरै समीकरण छन् जसले समूह एफको भबिस्य निर्धारण गर्नेछ। समूह – जी : पाँच पटकको च्याम्पियन ब्राजिल समूह जी बाट छनोट भैसकेको छ । यो समूहमा स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छ भने सर्बिया र क्यामरुन प्रतिस्पर्धा बाट बाहिरिएका छन ।

समूह – एच : पोर्चुगल समूह एच बाट यसअघि नै छनोट भैसकेको छ । यो समूहमा घाना दोस्रो नम्बरमा छ भने दक्षिण कोरिया र उरुग्वेको समान १ अंक छ । समूह एच बाट अगाडि बढने टिम पोर्चुगल र घाना हुनेछन् ।

प्रतिक्रिया