आइतबार, जेठ ६, २०८१

हङकङलाई हराएर कुवेत सेमिफाइनलमा

नेपालखोज २०८० वैशाख १४ गते १८:२४

काठमाडौं । हङकङलाई हराएर कुवेत एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले स्तब्ध पार्दै कुवेत सेमिफाइनलमा पुगेको हो ।

कुवेतले दिएको २७३ रनको लक्ष्य पन्छाएको हङकङले निर्धारित ५० ओभरमा अलआउट हुदै २४२ रन मात्रै बनाउन सक्यो । जसका निजकट खानले ६० रनको पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

कुवेतका शाहरुख कुडूशले ३ विकेट लिए । त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २७२ रन बनायो ।

जसमा सिराज खानले ६७, उसमान पटेलले ५० रन बनाए । हङकङका इशान खानले ३ विकेट लिए ।

यो जितसंगै कुवेत समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसंगको भेट पक्का गरेको छ । यो समूहबाट युएई समूह विजेता बनेको छ । हङकङ भने बाहिरिएको छ ।

नेपाल समूह समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूह ए को उपविजेता ओमान युएईसंग सेमिफाइनल खेल्नेछ ।

प्रतिक्रिया