अल्जाइमरको औषधिमा सानो तर ऐतिहासिक सफलता

नेपालखोज २०७९ मंसिर १५ गते १०:४१

काठमाडौं । अल्जाइमरको उपचारमा हासिल गरिएको औषधिको सानो तर ठूलो सफलतालाई ऐतिहासिक खोजका रूपमा हेरिदैछ। यद्यपि, यो औषधिको गम्भीर साइड इफेक्टको चेतावनी पनि दिइएको छ।

यद्यपि वैज्ञानिकहरू मस्तिष्कमा हुने क्षतिलाई कम गर्ने अल्जाइमरको औषधि बनाउन सफल भएका छन् । लेसेनेमब नामको यो औषधिको १८ महिनाको परीक्षणको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार यो दबाईले मस्तिष्कको क्षति २७ प्रतिशत सम्म कम गरेको छ ।

परीक्षणको पूर्ण तथ्याङ्क यसै साता न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको थियो जस अनुसार यो औषधिका कारण मस्तिष्कमा रक्तस्रावदेखि सुन्निनेसम्मका गम्भीर साइड इफेक्टहरू पनि देखिएका छन् । परीक्षणको नतिजाले यो औषधि दिइएका १७ दशमलव ३ प्रतिशत बिरामीको मस्तिष्कमा रक्तश्राव भएको देखाएको छ । औषधि सेवन गर्ने १२ दशमलव ६ प्रतिशतमा मस्तिष्क सुन्निएको पाइएको थियो ।

यो औषधि कति प्रभावकारी छ ? भन्ने प्रश्नमा परीक्षणको नेतृत्व गरिरहेको युके डिमेन्सिया रिसर्च इन्स्टिच्युटका योजना प्रमुख तारा स्पियर्स(जोन्स भन्छिन्- यो औषधिको थप प्रभाव अझ राम्रोसँग बुझ्न लामो परीक्षणहरू आवश्यक हुनेछ । यो औषधिको फाइदा यसको जोखिम भन्दा बढी छ भनेर निश्चित हुन लामो परीक्षणहरू आवश्यक हुनेछ । यो औषधि डिमेन्सियाको प्रारम्भिक चरणका बिरामीहरूका लागि हो ।

किनभने उनीहरूको मस्तिष्कमा एमाइलाइडको स्तर एक सीमासम्म मात्र हुन्छ अर्थात्, धेरै थोरै बिरामीले मात्र यो औषधिको फाइदा लिन सक्नेछन् किनभने प्रायः अल्जाइमर चाँडै पत्ता लाग्दैन। यो रोगलाई छिटोभन्दा छिटो पत्ता लगाउन अनुसन्धान प्रक्रियामा आमूल परिवर्तन हुनुपर्ने केही विज्ञहरुको भनाइ छ जसले गर्दा यो औषधिबाट धेरैभन्दा धेरै मानिस लाभान्वित हुन सक्छन् ।

अल्जाइमर्स सोसाइटीका अनुसन्धान सह(निर्देशक रिचर्ड ओकले भन्छन्- लेसानुमाबको यात्रा यहिँ समाप्त हुँदैन। थप परीक्षणहरू गरेर कसरी यसबाट दीर्घकालीन फाइदा लिन सकिन्छ भन्ने कुरा पत्ता लगाइनेछ। -एपि र एएफपि

प्रतिक्रिया