बिहीबार, वैशाख ६, २०८१

एउटै फिल्ममा हिट भएर हराउनेहरु

नेपालखोज २०७९ मंसिर १५ गते १३:५५

बलिउडमा हरेक वर्ष अनुहारहरू अपडेट भैरहेका हुन्छन् । ती मध्ये कोही आफ्नो डेब्यू फिल्मबाट अगाडि बढ्ने बाटो तय गर्छन् भने कोही विस्मृतिमा जान्छन्। साथमा, यस्ता कलाकारहरू पनि छन्, जसलाई उनिहरुको करियरको केवल एउटा हिट फिल्मका लागि संझना गरिन्छ ।

भूमिका चावला : भूमिका चावलाको नाम आउनेबित्तिकै दिमागमा एउटै फिल्म आउँछ र त्यो हो – तेरे नाम । सन् २००३ मा रिलिज भएको यो फिल्म आफ्नो समयको सुपरहिट फिल्म मध्ये एक थियो । यसमा सलमान खानसँग भूमिका (निर्जरा भारद्वाज) चावला देखिएकी थिइन् । यद्यपि, उनले अन्य फिल्ममा पनि काम गरिन्, जस्तै २००४ को रन, दिल ने जिस अपना कहे , २००५ को दिल जो भी कहे आदि । यदि भूमिका चावलाको फिल्मको सूची हेर्ने हो भने त्यस पछि उनी तेलुगु फिल्महरूमा बढी सक्रिय भएको पाइन्छ ।

भाग्यश्री : भाग्यश्रीको नाम पनि यो लिस्टमा छ । भाग्यश्रीले सन् १९८९ मा ‘मैने प्यार किया’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् जसमा उनी सलमान खानसँग देखिएकी थिइन् । धेरै वर्ष बितिसक्दा पनि भाग्यश्रीलाई उनको डेब्यु फिल्मकै लागि मात्र संझना गरिन्छ । उनले अन्य फिल्ममा काम गरिनन् भन्ने होइन । उनले सन् १९९२ को त्यागी, १९९३ को घर आया मेरा परदेसी, २००३ को माँ सन्तोषी माँ जस्ता फिल्ममा पनि काम गरिसकेकी छिन् ।

स्नेहा उल्लाल : स्नेहा उल्लालले सन् २००५ मा फिल्म लकी : नो टाइम फर लभबाट बलिउडमा डेब्यू गरेकी थिइन्। उक्त फिल्ममा सलमान खानको अपोजिटमा स्नेहा उलाल थिइन् । फिल्मका गीतहरू निकै राम्रा छन् र स्नेहा पनि ऐश्वर्या राय जस्तै देखिने भएकाले निकै चर्चामा आइन् । त्यस बाहेक स्नेहा उल्लालले अरु फिल्ममा पनि काम गरिन् तर उनको नाम आउनासाथ उनको डेब्यु फिल्म नै दिमागमा आउँछ ।

राहुल रोय : १९९० को फिल्म आशिकी आफ्नो युगको सुपरहिट फिल्म मध्ये एक थियो। यो फिल्मले अभिनेता राहुल रोयलाई प्रसस्त लोकप्रियता दिलाएको थियो । राहुललाई अहिले पनि त्यही फिल्मका लागि सम्झिइन्छ ।

जुगल हंसराज : जुगल हंसराज बलिउडको प्रतिष्ठित फिल्म ‘मोहब्बतें’ को एक हिस्सा थिए र यसका लागि पनि सम्झिन्छन्। तर, यस बाहेक उनले धेरै फिल्ममा काम गरिसकेका छन् ।

रजत बर्मेचा: रजत बर्मेचाले सन् २०१० मा फिल्म ‘उडान’ बाट डेब्यु गरेका थिए । यो फिल्मले रजतलाई अभिनय जगतमा फरक पहिचान दिने काम गरेको छ । यद्यपि त्यसपछि उनी बलिउडबाट बेपत्ता भए ।

सन्दली सिन्हा : सन्दली सिन्हालाई उनको फिल्म ‘तुम बिन’का लागि अहिले पनि सम्झिइन्छ । यो फिल्म सुपरहिट भएको थियो र यसका गीतहरु आज पनि सुनिन्छन् ।

कुमार गौरव : कुमार गौरवले सन् १९८१ मा आएको फिल्म लभ स्टोरीबाट बलिउडमा डेब्यू गरेका थिए । यो त्यो युगको सफल फिल्म थियो, जसका गीतहरु पनि निकै रुचाइएको थियो । कुमारले अरु पनि फिल्म मा काम गरे तर अन्य फिल्ममा सफलता पएनन । लभ स्टोरीले उनलाई अहिले पनि चिनाईरहेको छ ।

प्रतिक्रिया