शनिबार, वैशाख १५, २०८१

राशि चरित्र : कस्ता हुन्छन् वृष राशिका मानिस ?

नेपालखोज २०७९ मंसिर १६ गते १५:०९

ज्योतिषशास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो विधि हो । जोतिषीहरु भन्छन्, जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसंग राशिफल मिल्छ त्यसैले उनीहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन् । राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव , चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ ।

राशिमा आधारित भएर मानिसको प्रेम जीवन, शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । वास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति, समय र स्थान एकदम सहि हुन जरुरी छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भर पर्छ । यसैगरि राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ ।

सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

वृष : सुन्दर वस्तुप्रति सजिलै आकर्षित हुन्छन् । वृष राशिमा शुक्रको बिशेष प्रभाव हुन्छ । यिनिहरु मेहनत गर्न पछी पर्दैनन्, हरेक दुख सहन सक्ने क्षमता राख्दछन भने मनको सफा हुन्छन, कसैको पनि दुस्ख देख्न सक्दैनन । मन सफा र कोमल भएका कारण यिनिहरुलाई फकाएर, यिनिहरुको मन जितेर जो कोहिले पनि आफ्नो हातमा लिन सक्दछन । यद्यपि कसैले बलजफ्ती गर्यो भने यिनिहरु अटेर र क्रुर हुन पनि पछि पर्दैनन् । हरु जे गर्छन् निकै मन लगाएर गर्छन् ।

वृष राशिका मानिसहरु अत्यधिक मेहनत गर्ने र निरन्तर नरोक्किइकन काम गर्ने आफ्नो बानीका कारण खानपिनमा समेत ध्यान पुर्याउन सक्दैनन् । यस्ता मानिसलाई पेट सम्बन्धि रोग हुनसक्छ त्यसैले यस्ता मानिसले आफ्नो खानाखुराकीमा पनि ध्यान दिनु पर्छ। लामो समयसम्म भोको नबसेर बीचबीचमा थोरथोरै खानेकुरा खानुपर्छ । शुक्रको प्रभाव हुनाले आफ्नो कार्यस्थलमा यिनीहरू हरेक आधुनिक प्रविधिको उपयोग गर्दछन् । यिनीहरू आफ्नो पहिरनमा अलि बढि ध्यान दिन्छन् । बृष राशिका मनिसहरु समयसँगै रहनसहनमा परिवर्तन गरी रहन्छन् ।

उनीहरुलाई मायाको निकै खाँचो हुन्छ । उनिहरु जस्लाई माया गर्छन् भित्री मन बाटै साँचो माया गर्दछन । यिनिहरुलाई हल्का प्रशंसा गरेर खुशी पारीदियो भने छिट्टै विश्वाश गरी हाल्छन् । यिनिहरुले गरेको विश्वाश र माया अनुसार फल पाउन भने अलि गाह्रो छ । सोचेको र आटेको कार्य पूर्ण गर्नु यिनिहरुको स्वभाव हो । बृष राशिका मनिसहरु धार्मिक, सरकारी कार्य, नाट्क, मिडिया क्षेत्र, कलाकार, आदिमा बिषयमा बिशेष रुची राख्ने खालका हुन्छन् । यो राशिको शुभ बार बुधवार हो भने घातक बार शनिबार हो । शुभ रत्न हिरा, पन्ना र निलम हो । यसैगरी मित्र राशी मेष, मिथुन, कन्या, मकर र कुम्भ हो भने शत्रु राशी कर्कट र सिंह हो ।

प्रतिक्रिया