शुक्रबार, वैशाख १४, २०८१

आश्मा र संयम आज विवाह गर्दै

नेपालखोज २०७९ मंसिर १६ गते ७:१०

काठमाडौं । एकताका निकै चर्चामा रहेका कलाकार आश्मा डिसि तथा संयम पुरी आज विवाह बन्धनमा बाधिँदैछन् । उनीहरुले आफ्नो सात वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । संयम पुरी प्रसिद्ध चलचित्र निर्देशक नारायण पुरीका छोरा हुन् ।

संयमले ग्याङस्टर ब्लुज, रातोघर, नाइँ नभन्नु ल – ३, आभास , पुन्टे परेड , सायदजस्ता सफल चलचित्रमा अभिनय गरेका छन् । संयम र आश्माले सँगै काम पनि गरेका थिए । आश्माले भने रामप्यारी, नाइँ नभन्नु ल – ३ तथा आभासमा अभिनय गरेकी छन् ।

आश्माका बुवा गोपीकृष्ण फिल्म हलका म्यानेजर प्रदीप दाहाल हुन र उनले चलचित्र निर्माणमा लगानीसमेत गर्दै आएका छन । पछिल्लो समय अमेरिकामा बस्दै आएका आश्मा तथा संयम विवाहका लागि नेपाल आएका हुन् ।

शुक्रबार बौद्धस्थित हायात होटेलमा उनीहरुको विवाह समारोह आयोजित गरिएको छ भने रिसेप्सन गोकर्णस्थित नर्लिङ रिसोर्टमा हुने बताइएको छ । गएको बुधबार महाराजगञ्जको एक पार्टी प्यालेसमा उनीहरुको मेहन्दी उत्सव सम्पन्न भएको थियो ।

प्रतिक्रिया