बुधबार, वैशाख १२, २०८१

२०२३ को पहिलो दिन अपनाउनुहोस यी उपाय वर्षभर पैसाको कमी हुँदैन

नेपालखोज २०७९ मंसिर १६ गते १८:२४

नयाँ वर्ष सुरु हुन केही दिन मात्र बाँकी छ । हरेक मानिसको चाहना हुन्छ परिवर्तित वर्ष उसका लागि राम्रो होस् । लक्ष्मीको आशीर्वाद वर्षभर कायमरहोस् । भगवान्को कृपाले जीवनमा ठुलो प्रगति होस । आउने वर्ष सुखमय रहोस् भन्ने जस्ता चाहना सबैको हुन्छ । हाम्रा शास्त्रमा केही उपायहरू उल्लेख गरिएको छ जसको प्रयोगले घरमा सुख-शान्ति कायम हुनुका साथै धन-समृद्धि पनि बृद्धी हुन्छ ।

आउनुहोस् नयाँ वर्षको पहिलो दिन अपनाउनु पर्ने उपायहरूका बारेमा जानकारी लिउँ

बजरंगबली (हननुमान )लाई प्रसन्न राख्नुहोस्

नयाँ वर्षको पहिलो दिन हनुमान जीको पूजा–आराधनाको विशेष महत्व छ । यस दिन हनुमानजीको पूजा गर्नुका साथै उनलाई भोग चढाउनुपर्छ । ज्योतिषशास्त्र अनुसार वर्षमा कम्तीमा दुई पटक हनुमानजी लइ चोला चढाउनुपर्छ । यसो गर्नाले पवनपुत्र हनुमान छिट्टै खुसि हुन्छन् र उनको कृपा प्राप्त हुन्छ ।

नरिवलको प्रयोग

ज्योतिषशास्त्र अनुसार नरिवलको प्रयोगले मानिसलाई नराम्रो नजरबाट जोगाउँछ । नयाँ वर्षको पहिलो मङ्गलबार, बिहीबार वा शनिबार आफू र आफ्नो परिवारका सदस्यहरूला २१ पटक नरिवल छुवाउनुहोस् । त्यसपछि त्यो नरिवलको पानी निकाल्नुहोस् । यो उपाय हरेक महिना वा वर्षमा एक पटक अबलम्बन गर्न सकिन्छ । यसो गर्नाले मानिसको नराम्रो नजर सहित रोग र दोषबाट मुक्ति मिल्छ ।

कालो गाजलले डर हटाउँछ नयाँ वर्षको पहिलो दिन आँखामा ११ पटक कालो गाजल ( एन्टिमोनी ) लगाउनुहोस् । यसो गर्दा रोग, दोष र भयबाट मुक्ति मिल्छ । यसका साथै व्यक्तिको ग्रह स्थितिमा पनि सुधार आउँछ ।

न्याना लुगा दान नयाँ वर्षको पहिलो शनिबार गरिब तथा विपन्नहरूलाई सेतो वा दुई रङ्गको कम्बल दान गर्नुहोस्। यसबाहेक स्वेटर, सल आदि पनि दान गर्न सकिन्छ । यसो गर्नाले घरमा सुख – शान्ति कायम रहन्छ ।

प्रतिक्रिया