बुधबार, वैशाख ५, २०८१

ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजन्य वस्तुको आयात सहज

नेपालखोज २०७९ मंसिर १६ गते १७:४४

काठमाडौ । ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजन्य वस्तुको आयात सहज भएको छ । राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे एकीकृत परिपत्र २०७८ मा संसोधन गरी यस्ता वस्तुहरुलाई आयातलाई सहजीकरण गरेको हो ।

राष्ट्र बैंकले भनेको छ, बिदेशी बिनिमय कारोबार गर्न अनुमती प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संसोधन गरी शतप्रतिशत मार्जिन लाग्ने यी वस्तुलाई त्यो सूचीबाट हटाईएको हो । यी वस्तु आयात गर्दा आयातकर्ताले सुरुमै बैंकमा पैसा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकोमा यो परिपत्र जारी भएपनि भने अग्रिमरुपमा पैसा भुक्तानी गर्नुपर्ने छैन । बैंकहरुले आवश्यकता अनुसार सामान आएपछि मात्र भुक्तानी गर्दा हुन्छ, राष्ट्र बैंकले भनेको छ ।

यसैगरी सार्वजनिक खरीद कानुन लागू हुने निकायहरुले बोलपत्र आह्वान गरी खरीद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धि सार्वजनिक निकायलाई आपूर्ति गर्ने प्रयोजनका लागि गर्ने आयातमा पनि मार्जिन आवश्यक नपर्ने राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्था अनुसार सर्जिकल उपकरण आयातमा पनि मार्जिन आवश्यक पर्ने छैन ।

प्रतिक्रिया