बुधबार, जेठ १, २०८२

विश्वकप- २०२२: यस्तो भयो अन्तिम १६ को समीकरण ?

नेपालखोज २०७९ मंसिर १७ गते ७:४९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा हालसम्म छनोट भएका टिममा नेदरल्यान्ड्स, सेनेगल, इंग्ल्याण्ड, अमेरिका, अर्जेन्टिना, पोल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, ब्राजिल, स्वीट्जरल्याण्ड, पोर्चुगल, दक्षिण कोरिया, जापान, स्पेन, क्रोएसिया तथा मोरक्को छन् ।

यो विश्वकपको यात्रामा बिराम लागेका देस हुन्-कतार, इक्वेडर, इरान, वेल्स, मेक्सिको, साउदी अरेबिया, कोस्टारिका, डेनमार्क , ट्युनिसिया, बेल्जियम, क्यामरुन, घाना, सर्बिया, क्यानाडा, जर्मनी र उरुग्वे समूह ए : यो समुहबाट नेदरल्यान्ड्स प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेनेगल यो समूहबाट अन्तिम १६ मा पुग्ने दोस्रो देस हो। कतार र इक्वेडरले यो चरण पार गर्न सकेनन् ।

समूह-बी : समूह बी बाट इंग्ल्याण्ड र अमेरिका प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इरानले एक खेल जितेर आशा देखाएको थियो तर समूहको अन्तिम खेलमा अमेरिकासँग पराजित भएपछि उसको यात्रा टुंगीयो । यसैगरी वेल्सले पनि यहि चरणमा आफ्नो यात्रा टुंगाएको छ ।

समूह-सी : समूह सी को छनोट निकै रोचक अनि प्रतिस्पर्धात्मक रहयो । अर्जेन्टिना र पोल्याण्ड यो समुहको नम्बर एक र दुईमा छन्। यो समुहबाट साउदी अरेबिया र मेक्सिको अगाडि बढन सकेनन् ।

समूह-डी : डिफेन्डिङ च्याम्पियन फ्रान्स समूह डी बाट यसअघि नै अन्तिम १६ मा पुगिसकेको थियो । अष्ट्रेलिया यो समुहको दोस्रो स्थानमा छ । डेनमार्क तथा ट्युनिसियाले आफ्नो विश्वकप-२०२२ को यात्रामा यहि विश्राम लगाएका छन ।

समूह-ई : यो समुहमा जापान तीन खेलमा २ जित निकाल्दै ६ अंक जोडेर समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको छ । यसैगरि स्पेन तीन खेलमा एक जित र एक बराबरी सहित ४ अंक जोडेर समूह उपविजेताका रुपमा नकआउट चरण पुगेको छ । जर्मनीसँग समान ४ अंक भएपनि गोल अन्तरमा अघि रहँदै स्पेनले अन्तिम १६ मा स्थान पक्का गरेको हो । य‍ो समूहबाट पूर्व च्याम्पियन जर्मनी तथा कोस्टारिका बाहिरिएका छन ।

समूह-एफ : यो समूहको अवस्था पनि केही भन्न नसकिने खालको थियो । यद्यपि यो समुहबाट क्यानाडालाई २-१ गोलले पराजित गर्दै मोरक्को समूह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ ।

यस्तै, बेल्जियम सँग अंक बाँडे पनि क्रोएसिया समूह उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ भने बेल्जियम समूह चरण बाटै बहिरिएको छ ।

समूह – जी : पाँच पटकको च्याम्पियन ब्राजिल समूह जी बाट छनोट भैसकेको छ । यो समूहमा स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छ भने सर्बिया र क्यामरुन प्रतिस्पर्धा बाट बाहिरिएका छन ।

समूह – एच : पोर्चुगल समूह एच बाट यसअघि नै छनोट भैसकेको थियो । यो समूहबाट घाना र उरुग्वे बाहिरिएका छन । समूह एच बाट अगाडि बढने टिम दक्षिण कोरिया र पोर्चुगल हुन्

प्रतिक्रिया