शुक्रबार, चैत १६, २०८०

झण्डा उचाल्नुभो !

अर्जुन पराजुली २०७९ मंसिर १७ गते १२:२८

कार्यकर्ता उठ्नुभयो
झण्डा उचाल्नुभो !
नेता उठ्नुभो
कार्यकर्ता उचाल्नुभो !
विदेशी राजदुत उठ्नुभो
नेता उचाल्नुभो !
म पनि के कम ?!
उठेँ

चियाको कि उचालेँ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया