शनिबार, वैशाख २९, २०८१

नारायण गोपालको आज ३२औं पुण्य तिथि

सुनिल उलक २०७९ मंसिर १९ गते ८:३७

१९९६ साल असोज १८ गते काठमाडौको किलागलमा जन्मिएका नारायण गाेपाल नेपालको सर्वाधिक चर्चित गायकमा पर्नुहुन्छ । उहाँले गाएका सबै गीत श्रोताका प्रिय रहे । पाकिस्तानी गजल गायक मेहंदी हसनको गजल निकै मन पराउने नारायण षोपाल गुरुवाचार्य युवा समयमा आफूलाई स्याडो पहलमान भन्न रूचाउँथे भने साथीहरु उनलाई असनको साँढे भन्दथे ।

उनले २०२१ काे चैतमा दार्जिलिङको महाकांल डाॅडामा मकलको आगोमा हात राख्दै इश्वर बल्लभलाई साक्षी राखेर गोपाल योञ्जनसँग मित लाएका थिए । मीत लगाए पछि उनीहरुले मीतज्यू नाईटको कार्यक्रम काठमाडौँदेखि दार्जिलिङसम्म भव्य रुपमा सफल गराए । यसबीच विराटनगरमा नगेन्द्र थापाको घरमा बस्दा थापाकी आमाले नारायण गोपालले घ्यू धेरै मन पराएकाले घ्यू कुमार र गोपाल योञ्जनलाई पिरो मन पराएकाले खोर्सानी कुमार नाम राखि दिनुभएको थियो । आफ्नी प्रशंसक दार्जिलिङ , सुकिया पाेखरीकी पेमाला लामासँग २०२७ सालमा बिबाह गरेर नारायण गोपाल पाेखरा आएका थिए ।

भूपी शेरचनको अनुरोधमा उनीहरु उहाँ कै घरमा बसे । पोखरामा नारायण गोपाल तथा पेमालाको दिन कठिनसँग बित्न थाल्यो । नारायण गाेपालले अमर सिंह मावीमा संगीत पढाउन थाले भने पेमालाले रत्न राज्य लक्ष्मी कन्या मावीमा हाेम साइन्स पढाउन थाले ।

५-६ महिनाको बसाई पश्चात पोखरामा बस्न कठिन भएपछि उनिहरु काठमाडाै तर्फ लागे । साथीहरुको सहयोगमा नारायण गोपालले नाचघरमा जागीर पाए भने पेमालाले भारतीय एउटा जीवन बीमा कम्पनीमा जागीर पाइन् । दुख कष्टले ८-९ वर्ष पछि महाराजगञ्जस्थित भूतबंगला छेउ तीन रोपनी जग्गा किनेर घर बनाए तर किलागलको पुर्ख्यौली घरमा फर्केर गएनन् । मेरो सौभाग्य मैले उहाँका थुप्रै कार्यक्रम हेर्ने सुअवसर पाए ।

काठमाडौँमा भएको स्वर्णीम साँझ तथा उहाँको अन्य एकल र मह जोडीको साथका कार्यक्रमहरु हेर्न पाए । नारायण गोपालको मृत्यु २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा भएको हो ।उहाँको अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लगायत थुप्रै राजनेता, कलाकर्मीहरु तथा हजारौं प्रशंसक आर्यघाट पुगेका थिए । स्वर्गीय नारायण गोपाल प्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया