स्याङ्जा–२ मा कांग्रेस उम्मेद्वारको मतान्तर बढ्यो

वालिङ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर–२ मा दुवैमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता बढाउँदै लगेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेद्वार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । गुरुङ निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की उम्मेद्वार पद्माकुमारी अर्यालभन्दा चार हजार ६३१ मतले अगाडि छन् ।
हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार ४०१ मत ल्याएकी छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६६२ मत प्राप्त गरेका छन् ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ । अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया