बुधबार, वैशाख १२, २०८१

सुनचाँदीकै मूल्य बढ्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७९ मंसिर १८ गते ११:०४

काठमाडाैं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेकाे छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । चाँदी आज पनि प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया