कुन देशमा कति विदेशी छन् ?

काठमाडौं। विश्वमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ जो आफु जन्मिएको देशमा बस्दैनन् । धेरै देशमा, विदेशीहरूको जनसंख्या स्थानीय मानिसहरूको तुलनामा तीन गुणा भन्दा बढी छ।
२० . कुवेत : यहाँ विदेशीको संख्या ३१ लाख छ, जुन यहाँको कुल जनसंख्याको ७५ .५ प्रतिशत हो अर्थात् कुवेतका चार पुरुषमध्ये तीन जना विदेशी छन् ।
१९ . जोर्डन : ३२ लाख मानिस बस्ने जोर्डनमा विदेशीको संख्या कुल जनसंख्याको ३३.३ प्रतिशत छ ।
१८ . पाकिस्तान : पाकिस्तानमा ३४ लाख विदेशी बस्छन्। कुल जनसंख्यामा उनीहरूको हिस्सा १ . ७ प्रतिशत छ।
१७ . थाइल्याण्ड : थाइल्याण्डको कुल जनसङ्ख्यामा ५ .२ प्रतिशत अर्थात् ३६ लाख विदेशी छन् ।
१६ . कजाकिस्तान : कजाकिस्तानमा बसोबास गर्ने २० प्रतिशत मानिस विदेशी छन् अर्थात् करिब ३६ लाख।
१५ . दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाको जनसङ्ख्यामा ७.१ प्रतिशत अर्थात करिब ४० लाख मानिस विदेशी छन् ।
१४ . टर्की : टर्कीमा विदेशीहरूको संख्या लगभग ४० .९० लाख छ, जुन कुल जनसंख्याको लगभग ६ प्रतिशत हो।
१३ . युक्रेन : युक्रेनमा ५० लाख विदेशी बसोबास गर्छन्, जुन यहाँको जनसंख्याको करिब ११.२ प्रतिशत हो।
१२. भारत : भारतमा विदेशीहरूको संख्या ५२ लाख छ र कुल जनसङ्ख्यामा उनीहरूको हिस्सा ०.४ प्रतिशत छ।
११ . इटाली : इटालीमा ५ .९ मिलियन विदेशी बसोबास गर्छन् । देसको जनसङ्ख्याको हिसाबले यो करिब १० प्रतिशत हो।
१० . स्पेन : स्पेनमा विदेशीको संख्या १२.८ प्रतिशत अर्थात् करिब ५९ लाख छ ।
९ . अष्ट्रेलिया : अष्ट्रेलियामा बस्ने ७० लाख मानिस विदेशी छन् । अर्थात् कुल जनसंख्याको करिब ३० प्रतिशत।
८ . क्यानाडा : क्यानाडामा ७०.९० लाख विदेशी छन्। कुल जनसंख्यामा उनीहरूको हिस्सा २१.८ प्रतिशत छ।
७ . फ्रान्स : फ्रान्सको जनसंख्यामा विदेशीको हिस्सा १२.२ प्रतिशत अर्थात् ७९ लाख छ ।
६ . संयुक्त अरब इमिरेट्स : युएईमा ८३ लाख विदेशी अर्थात् कुल जनसंख्याको ८८.२ प्रतिशत बिदेशी बसोबास गर्छन्। एक हिसाबले यहाँ राजपरिवार तथा सरकार चलाउने मुट्ठीभर व्यक्ति मात्र स्थानीय हुन् ।
५ . युनाइटेड किंगडम : कुनै समय विश्वमा शासन गरेको बेलायतमा पनि ८.८ मिलियन विदेशी छन् र कुल जनसंख्यामा उनीहरुको हिस्सा १३.४ प्रतिशत छ ।
४ . रूस : रुसको जनसंख्याको ८.१ प्रतिशत विदेशी अर्थात् करिब ११.७ लाख छन्।
३ . जर्मनी : जर्मनीमा १२.२ मिलियन विदेशी छन् र कुल जनसंख्यामा उनीहरूको हिस्सा लगभग १४.८ प्रतिशत छ।
२ . साउदी अरब : साउदी अरबमा बस्ने मानिस मध्ये ३७.० प्रतिशत अर्थात् करिब १ करोड २२ लाख विदेशी छन्।
१ . अमेरिका : यो मामिलामा पनि अमेरिका पहिलो नम्बरमा छ , यहाँ जम्मा ४.९८ करोड मानिस विदेशी छन् र जनसंख्यामा उनीहरुको हिस्सा १५.३ प्रतिशत छ ।
प्रतिक्रिया