शुक्रबार, वैशाख १४, २०८१

नयाँ स्वरुपमा लन्च भयो रोयल इन्फिल्डको हिमालयन बाइक

नेपालखोज २०७९ मंसिर १८ गते १४:३४

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो चर्चित बाइक हिमालयनलाई नयाँ रङ र केही सानातिना परिवर्तनसहित अपडेट गरी बजारमा उतारेको छ।

कम्पनीले यो शक्तिशाली साहसिक बाइक अब ग्लेसियर ब्लु, ड्युन ब्राउन तथा स्लिट ब्ल्याक रंगमा समेत उपलब्ध छ। यी तीन रङ हिमालयमा देखिने दृश्यबाट प्रेरित भएको बताइएको छ।

ग्लेसियर ब्लु कलर हिमालयको चिसो हिमनदीबाट लिइएको कम्पनीले जनाएको छ। ड्युन ब्राउन रङ नुब्रा उपत्यका र लद्दाखको टिब्बाबाट प्रेरित भएको मानिन्छ । यसैगरी बन्द गरिएको स्लिट प्याट्रन फेरि ल्याइएको छ। यसलाई स्लिट ब्ल्याक नामक नयाँ भर्जनमा लन्च गरिएको छ।

अब ग्राहकले हिमालयन बाइक ६ रङमा खरिद गर्न सक्नेछन्। यी तीनवटा नयाँ रङका साथै यो बाइक पाइन ग्रीन, ग्रेनाइट ब्ल्याक तथा ग्रेभल ग्रेमा पनि उपलब्ध छ। योसँगै कम्पनीले यो बाइकको ग्रेभल ग्रे, रकर रेड तथा लेक ब्लू शेड को उत्पादन बन्द गरेको छ।

यसबाहेक कम्पनीले रोयल इन्फिल्ड हिमालयनमा नयाँ लोगो प्रयोग गरेको छ। रोयल इन्फिल्ड हिमालयनमा यूएसबी चार्जिङ पोर्ट पनि दिइएको छ । भारतमा यसको प्रारम्भिक मूल्य भारु २.१६ लाख राखिएको छ। यसैगरी ग्लेसियर ब्लू र स्लिक ब्ल्याक कलर भेरियन्टको मूल्य भारु २.२३ लाख छ भने ड्युन ब्राउन कलरमा यो बाइक किन्दा भारु २.२२ लाख लाग्नेछ । यो बाइकमा कुनै मेकानिकल परिवर्तन भने गरिएको छैन।

यो बाइकमा ४११ सीसी, एयर कुल्ड र एसओएचसी इन्जिन जडान गरिएको छ । ४ स्ट्रोक इन्जिन युक्त यो बाइकको इन्जिनले ६५०० आरपीएममा २४.३ बीएचपी पावर र ४०००–४५०० आरपीएममा ३२ एनएमको पिक टर्क जेनेरेट गर्छ । ५ स्पिड गियरबक्स ट्रान्समिसनका साथमा उपलब्ध हुने यो बाइकमा डुअल च्यानल एन्टि लक ब्रेकिङ सिस्टम (एबीएस), स्विच गर्न मिल्ने रियर एबीएस, हाजार्ड ल्याम्पजस्ता सुविधा पनि छन् ।

यो बाइकमा २१ इन्च अगाडि र १७ इन्च रियर ह्विल छ। यसमा अगाडिको भागमा टेलिस्कोपिक फ्रन्ट फोर्क र रियरमा मोनोसक सस्पेन्सन छ।

भनिन्छ रोयल इन्फिल्डले हिमालयको नयाँ मोडलमा पनि काम गरिरहेको छ। जुन ४५० सीसी लिक्विड कुल्ड इन्जिनमा आधारित हुनेछ। यो बाइक अर्को वर्ष अर्थात २०२३ सम्ममा बजारमा आउन सक्ने सम्भावना छ ।

प्रतिक्रिया