शुक्रबार, वैशाख १४, २०८१

बोनसका लागि जीवन बीमा कम्पनीले रकम छुट्याए

नेपालखोज २०७९ मंसिर १८ गते १५:२५

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात् पहिलो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि १९ करोड रुपैयाँ भन्दा धेरै रकम छुट्याएका छन् ।

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले १९ करोड ७८ लाख रुपैयाँ रकम कर्मचारी बोनसका लागि छुट्याएका हुन् ।

जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५९ प्रतिशत ९३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले कर्मचारी बोनस व्यवस्था शिर्षकमा १२ करोड ३७ लाख रुपैयाँ रकम छुट्याएका थिए ।

बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएपछि साधारणसभा सम्पन्न गरि कर्मचारीलाई छुट्याएको बोनस वितरण गर्छन् ।

चालु आर्थिक वर्षको तीन महिनामा कर्मचारी बोनसका लागि सबैभन्दा बढि रकम नेपाल लाइफले छुट्याएको छ । नेपाल लाइफ इन्स्योरेन्सले उक्त अवधिमा २ करोड ५५ लाख रुपैयाँ छुट्याएको हो ।

यस्तै, नेपाल लाइफपछि बढि रकम छुट्याउने कम्पनीमा ज्योति लाइफ, सूर्या लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, एशियन लाइफ तथा नेशनल लाइफ छन् ।

ज्योतिले यस अवधिमा २ करोड ३९ लाख रुपैयाँ, सूर्या लाइफले २ करोड ३० लाख रुपैयाँ, सन नेपालले १ करोड ६७ लाख रुपैयाँ, रिलायन्सले १ करोड ६७ लाख रुपैयाँ, एशियनले १ करोड ३० लाख रुपैयाँ तथा नेशनलले १ करोड ४१ लाख रुपैयाँ छुट्याएका छन् ।

अरु कम्पनीले भने कर्मचारी बोनसका लागि १ करोड रुपैयाँ भन्दा कम रकम छुट्याएका छन् । जसमा यूनियन लाइफले २७ लाख ८३ हजार, महालक्ष्मी लाइफले २३ लाख २६ हजार, एलआइसी नेपालले १४ लाख ५५ हजार, गुँरास लाइफले ६३ लाख ५० हजार, सानिमा लाइफले ५६ लाख ३१ हजार र प्रभु लाइफले ३७ लाख ७४ हजार रुपैयाँ रकम कर्मचारी बोनस का लागि छुट्याएका छन् ।

यस्तै, पहिलो त्रैमासिकको अवधिमा प्राइम लाइफले कर्मचारी बोनसका लागि ५८ लाख ४० हजार, राष्ट्रिय बीमा संस्थानले १५ लाख ४४ हजार, आइएमई लाइफले ७२ लाख ५७ हजार र सिटिजन लाइफले ७८ लाख १८ हजार रुपैयाँ छुट्याएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ कम्पनिले कर्मचारी बोनस बढाएका छन ।

सबैभन्दा धेरै प्रतिशतल बोनस बढाउने नेपाल लाइफले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७०.८० प्रतिशतले बोनस बढाएको छ ।

रिलायान्स लाइफको २१७.१३ प्रतिशत, सन नेपाल लाइफको १९९.४१ प्रतिशत, ज्योति लाइफको १३३.२९ प्रतिशत, सूर्या लाइफको ८२.५३ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ७३.२९, आइएमई लाइफको ६६.२९ प्रतिशत र गुँरास लाइफको ५४.८८ प्रतिशतले बोनस बढेको छ ।

यस्तै, रिलायबल नेपाल लाइफको ३४.७१ प्रतिशत, मेट लाइफको ३१.८८ प्रतिशत, नेशनल लाइफको ३१.६० प्रतिशत, एशियन लाइफको २१.५८ प्रतिशत, सानिमा लाइफको १५.४६ प्रतिशत, सिटिजन लाइफको १२.९९ प्रतिशत र प्रभु लाइफको २.४४ प्रतिशतले बढेको छ ।

यस्तै, रिलायबल नेपाल लाइफको ३४.७१ प्रतिशत, मेट लाइफको ३१.८८ प्रतिशत, नेशनल लाइफको ३१.६० प्रतिशत, एशियन लाइफको २१.५८ प्रतिशत, सानिमा लाइफको १५.४६ प्रतिशत, सिटिजन लाइफको १२.९९ प्रतिशत तगा प्रभु लाइफको २.४४ प्रतिशतले कर्मचारी बोनस बढेको छ ।

प्रतिक्रिया