देशका अधिकांश भू-भागमा तापक्रम घट्दै, चिसोबाट बच्न विभागकाे अनुरोध
नेपालखोज
२०७९ मंसिर १९ गते ६:२७

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १ को पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
त्यस्तै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न विभागले अनुरोध गरेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया