शनिबार, असार २१, २०८२

अफ्रिकी च्याम्पियन सेनेगलमाथि इंग्ल्याण्डको जित

नेपालखोज २०७९ मंसिर १९ गते ७:३९

काठमाडौं । दोहास्थित अल बायेट रंगशालामा आज राति सम्पन्न दोस्रो खेलमा बिश्वकपको प्रवल दाबेदार इंग्ल्याण्डले अफ्रिकी च्याम्पियन सेनेगललाइ ३-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । सेनेगलमाथिको जितसँगै इंग्ल्याण्ड अब फिफा विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँगको भिडनेछ ।

इंग्ल्याण्डका लागि ३८औं मिनेटमा जोर्डन हेण्डरसनले पहिलो गोल गरेका थिए भने हाफटाइम हुनु भन्दा केहि सेकेण्डअघि कप्तान ह्यारी केनले गोल गरेर आफ्नो टिमको अग्रतालाई दोब्बर पारे । यसैगरी खेलको ५७ औं मिनेटमा इंग्ल्याण्डका बुकायो साकाले सेनेगलका गोलरक्षक एडुवार्ड मेण्डीलाई छक्याउँदै अर्को गोल थपे ।

सन् १९६६ यता विश्वकपको उपाधि जित्न नसकेको इंग्ल्याण्डले अब सन् १९९८ र चार वर्षअघि विश्वकपको उपाधि जितेको फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार साँझ नै भएको अघिल्लो खेलमा फ्रान्सले पोल्याण्डलाई ३-१ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो । सेमिफाइनल प्रवेशका लागि फ्रान्स तथा इंग्ल्याण्डबिच हुने खेल मङ्सिर १४ गते शनिबार संचालन हुनेछ ।

प्रतिक्रिया