स्वयंसेवक दिवश : विविध कार्यक्रम

नेपालखोज २०७९ मंसिर १९ गते १५:०३

काठमाडाैं । विश्व स्वयंसेवक दिवशका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

यस क्रममा शान्ति समाज काठमाडौं शाखाको तर्फबाट असहाय गाईबाछाको भोजनका लागि रु. १५१०० को खाद्यान्न उपलब्ध गराउँदै उनीहरुलाई खाना खुवाउने कार्य सम्पन्न गरेको छ । यसैगरि सोही अवसरमा विभिन्न जातका फलफुलका बिरुवा समेत रोपिएको छ । कफी तथा जामुनका बिरुवा रोप्दै ती बिरुवाहरु हुर्काउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

स्वयंसेवक दिबशकै अवसरमा शान्ति समाज काठमाडौं शाखाले वाग्मती सफाई समेत सम्पन्न गरेको छ । स्मरण रहोस शान्त समाज काठमाडौं शाखा नियमित वाग्मती सफाई अभियानमा संलग्न समेत रहँदै आएको छ ।

प्रतिक्रिया