शुक्रबार, चैत १६, २०८०

२४ अंकले नेप्से घट्दा एक अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर १९ गते १५:३९

काठमाडौं । नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दुई दशमलव १६ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २४ दशमलव ४६ अंकले घटेर १९ सय ३८ दशमलव ७६ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १९ अंकले घटेर तीन सय ७९ दशमलव ६४ अंकमा झरेको छ । दुई सय ४० वटा कम्पनीहरुको २६ हजार चार सय ७५ पटकको कारोबारमा ४१ लाख २७ हजार दुई सय ८६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ६७ करोड चार लाख ५५ हजार ३४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।

सो मध्ये बाणिज्य बैंक समुहको सुचक नौं दशमलव ७८ अंकले घटेर १३ सय ६० दशमलव ६६ अंकमा झरेकोमा बिकास बैंक समूहको सुचक पनि ५३ दशमलव २१ अंकले घटेर तीन हजार चार सय ३० दशमलव चार अंकमा झरेको छ ।

जलबिद्युत समूहको सुचक पनि ३५ दशमलव आठ अंकले घटेर दुई हजार पाँच दशमलव ४२ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि एक सय ३५ दशमलव ९२ अंकले घटेर नौं हजार दुई सय ९४ दशमलव २८ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ९१ दशमलव ९५ अंकले घटेर सात हजार छ सय १५ दशमलव ११ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज सयपत्री हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य तीन दशमलव १२ प्रतिशतले बढेर तीन सय ६४ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा अजोड इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ३७ प्र्रतिशतले घटेर चार सय १५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ९७ रुपैँयाँ ९० पैसा अन्तिम मुल्यमा ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया