शनिबार, वैशाख १५, २०८१

सबैभन्दा बढि बिक्री हुने एसयुभिहरू

नेपालखोज २०७९ मंसिर १९ गते १६:०५

काठमाडौं । अहिले एसयुभि रुचाउने मानिसहरु निकै बढेका छन । शानदार फीचर तथा सहज र आरामदायक ड्राइभिङका कारण सयौं किलोमिटर वा घन्टौं एसयुभि चलाउँदा पनि थकान महसुस हुँदैन।

हुन्डाई भेन्यु : हुन्डाई भेन्यु म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन सहित उपलब्ध हुन्छ । हुन्डाईको यो कार मानिसहरुको रोजाइमा छ , यसको पहिलो कारण सुरक्षा फिचर्स हो । EBD, एन्टि-लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट, ६ वटा एयरब्याग, ISOFIX, अटोमेटिक हेड ल्याम्प तथा हिल असिस्ट कन्ट्रोल सिस्टमले सुसज्जित हुन्डाई भेन्यूको स्वचालित मोडेलले अत्यधिक भीडभाड भएको ठाउँमा पनि थकित महसुस गर्न दिँदैन ।

यो कारमा १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल तथा १.५ लिटर डिजेल इन्जिनका तीनवटा विकल्प छन्। हुन्डाई भेन्यू १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनले अधिकतम ११८ बीएचपी पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ। १.२ लिटर पेट्रोल इन्जिनले ८२ बीएचपी अधिकतम पावर तथा ११४ एनएम टर्क उत्पादन गर्छ भने १.५ लिटर सीआरडीआई इन्जिनले ९९ बीएचपी अधिकतम पावर र २४० एनएम टर्क उत्पादन गर्छ। टाटा पंच : य‍ो कारको फिचरका कारण बजारमा यसको निकै माग छ ।

टाटा पंचमा दुईवटा एयरब्याग, ABS-EBD, कर्नरिङ फंक्शन, फ्रन्ट फग ल्याम्प, रिभर्स पार्किङ क्यामेरा, रियर डिफोगर तथा पन्चर रिपेयर किट उपलब्ध हुन्छन् । इन्जिनको कुरा गर्ने हो भने म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसन भएको यो कारमा ५ स्पीड एएमटी गियरबक्स जडान गरिएको छ । साथै तीन सिलिन्डर इन्जिनको साथमा यसको १.२ लिटर रेभोट्रोन पेट्रोल इन्जिनले ८६ पीएस अधिकतम पावर र ११३ एनएम पीक टर्क उत्पादन गर्छ। रेनो किंगर : रेनो किंगर राम्रो कम्प्याक्ट एसयुभि हो जसलाइ मानिसहरूले धेरै नै मन पराएकाछन्।

सुरक्षालाई ध्यानमा राख्दै यो कारमा डुअल एयरब्याग, ABS-EBD, कर्नरिङ फंक्शन, फ्रन्ट फग ल्याम्प, रिभर्स कार पार्किङ क्यामेरा जस्ता सुविधाहरू उपलब्ध गराइएको छ । रेनो किगर सीभीटीको १.० लिटर पेट्रोल इन्जिनले ७२ पीएस अधिकतम पावर तथा ९६ एनएम टर्क जेनेरेट गर्छ । जबकि यसको अर्को इन्जिन १.० लिटर टर्बो-पेट्रोलले १६० एनएम टर्कका साथ १०० पीएस पावर उत्पादन गर्छ। यी दुवै इन्जिनले ५ स्पीड म्यानुअल ट्रान्समिसनमा काम गर्छन ।

यसबाहेक यो कारमा सिभिटि गियरबक्स पनि छ। न्यु मारुति ब्रेजा : न्यु मारुति ब्रेजा सिक्सएटि लाई पनि मानिसहरूले मारुतीको बाँकी कारलाई जस्तै मन पराएका छन । ब्रेजाको लुक यस प्रती आकर्षित गराउन पर्याप्त छ। इन्जिनको कुरा गर्दा यो कारमा १.५ लिटरक‍ो K15C पेट्रोल इन्जिन जडान गरिएको छ जुन डुअल VVT तथा Dualjet प्रविधिमा आधारित छ । यो इन्जिनले अधिकतम 103 bhp को पावर तथा 136.8 Nm को टर्क जेनेरेट गर्छ । यसले म्यानुअल र अटोमेटिक ६-स्पीड टर्क कन्भर्टरको विकल्प पनि दिन्छ ।

प्रतिक्रिया