बिहीबार, वैशाख १३, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गिरी पक्राउ

नेपालखोज २०७९ मंसिर १९ गते १६:५९

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । वादी नेपाल सरकार, प्रतिवादी सिन्धुपाल्चोकको साविक ठुलोसिरुबारी गाविस वडा नं ३ हाल परिवर्तित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ स्थायी घर भएका ४४ बर्षिय चानष बहादुर गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उक्त कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीकाअनुसार पाँच लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसुर सम्वन्धी मुद्धामा उच्च अदालत पाटन ललितपुरबाट २०७९ साउन २४ गते पक्राउ अनुमती जारी भई फरार रहेकोमा कार्यालयबाट खटिएको प्रहरीले टोलीले आइतबार साँझ सुकेधारा क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका गिरीलाई आवश्यक कारवाहीको लागि सोमबार महानगरीय प्रहरी वृत बौद्ध पठाइएको सूचना अधिकारी रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया