मृत अवस्थामा फेला

नेपालखोज २०८० फागुन २० गते १५:४५

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१६ हरीपाउ देउराली डाँडा बस्ने ३८ वर्षीय हरि कुमार परियार सोही ठाउँस्थित वनपाले सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । फागुन ११ गतेदेखि हराई रहेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

झापाको बिर्तामोड नगरपालिका–९ सम्झना चोक बस्ने ६४ वर्षीया नर माया तामाङ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया