क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाको भेट पक्का
नेपालखोज
२०७९ मंसिर २० गते ८:०५

काठमाडाैं । दुई एसियाली चुनौती समाप्त पार्दै ब्राजिल र क्रोएसिया विश्वकप- २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार राति सम्पन्न प्रीक्वाटरफाइनलमा जापान तथा कोरियालाई निरास तुल्याउँदै साबिकको उप बिजेता क्रोएसिया तथा सर्वाधिक पाँच पटकको विश्व बिजेता ब्राजिलले क्वार्टरफाइनलमा एकअर्कासँगको भेट तय गरेका हुन् ।
अब उनीहरुबीच मंसिर २३ गते शुक्रबार राति ८ : ४५ बजे सेमिफाइनल पुग्नका लागि महासंग्राम हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया