मंगलबार, वैशाख ४, २०८१

समानुपातिकको मतगणना सकियो, नेकपा एस राष्ट्रिय दल बन्न असफल

नेपालखोज २०७९ मंसिर २० गते २०:४९

काठमाडाैं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको छ ।

आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई पत्र पठाउने आयोगका समानुपातिकतर्फको मुख्य निर्वाचन समानुपातिकतर्फको निर्वाचन परिणाम अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस कांग्रेस, नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी तथा जनमत पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् ।

कुन दललाइ कति सिट ?

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड ९ लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको थियो जसमा थ्रेस होल्ड कटाउने ७ दलले प्राप्त गरेको ९२ लाख ७१ हजार ७११ मत समनुपातिकतर्फको ११० सिट बाडफाडमा भाग लाग्ने भएको छ भने थ्रेस होल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ अर्थात १२ प्रतिशत मत खेर गएको छ ।

४० दलमध्ये सबैभन्दा बढी २.८२ प्रतिशत अर्थात २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको नेकपा (एकीकृत समाजवादी) ले संसदमा समनुपातिक बाट कुनै सिट पाउने छैन् ।

समानुपातिक तर्फको मतगणना नतिजा अनुसार नेकपा (एमाले)ले ३० प्रतिशत मत प्राप्त गरेर ३४ सिट प्राप्त गरेको छ भने दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेर ३२ सिटमा चित्त बुझाएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले १२ प्रतिशत मत प्राप्त गरेर तेस्रो स्थानमा रहदै १४ सिट , राष्ट्रिय स्वतन्त्र पार्टी थ्रेसले १३ सिट प्राप्त गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मतका साथ ७ सिट , जनता समाजवादी पार्टी तथा जनमत पार्टीले ४ – ४ प्रतिशत मत प्राप्त गरेर ५- ५ सिट प्राप्त गर्ने अनुमानछ ।

आयोगको निर्देशिका अनुसार जम्मा खसेको मतको सदर मतबाट पनि ३ प्रतिशत मत प्राप्त गर्ने दलले मात्रै समानुपातिकतर्फको सिट बाडफाडमा सहभागि हुन पाउँछन् । प्रतिनिधि सभामा २ सय ७५ जनामध्ये १सय ६५ जना यस अघि नै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भैसकेकाले अब ११० जना मात्रै राजनीतिक दलले यस अघि नै पेश गरेको अन्तिम बन्दसूचीमा भएकाबाट चुनिनेछन् ।

प्रतिक्रिया